मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   
अन्तराष्ट्रिय समाचार


ट्रम्प बारेको पुस्तक रोक्ने प्रयासमा ह्वाइट हाउसका वकिल, पुस्तक आजै आउने


अन्तराष्ट्रिय समाचार    38 पटक पढिएको        २०७४ पौष २१ शुक्रवार

ट्रम्प बारेको पुस्तक रोक्ने प्रयासमा ह्वाइट हाउसका वकिल, पुस्तक आजै आउने


पुस २१ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उहाँको प्रशासनका बारेमा गम्भीर दाबी गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास सुरु गरेका छन् । पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासन सम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरी स् इनसाइड द ट्रम्प ह्वाइट हाउस’ मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षका बारेमा खुलाइएको छ ।



पूर्व सहयोगीले खोले ट्रम्पको रहस्य, भड्किए ट्रम्प

बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल वुल्फको किताबमा बताएका छन् । हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बेननले बताएका हुन् । रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेननले पुस्तकमा बताएका छन् । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरेका छन् ।


ट्रम्पले चुनाव जितेपछि पनि बेनन ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहनुभएको थियो । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहनुभएका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गर्नुभएको थियो । आफ्नो बारेमा गम्भीर खुलासा गरेपछि ट्रम्पले बुधबार वक्तव्य जारी गरेर बेननको आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबिच कुनै सम्बन्ध नरहेको दाबी गर्नुभएको छ ।


बेननले आफू बर्खास्त भएका बेला होस पनि गुमाएको र बेहोसीमा नचाहिने कुरा बोल्दै हिँडेको ट्रम्पले आरोप लगाउनुभएको छ । तर गएको अगस्टमा बेननलाई खर्बास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताउनुभएको थियो । विवादास्पद बनेको पत्रकार वुल्फको पुस्तकमा ट्रम्पले राष्ट्रपतीय चुनाव अप्रत्यासित रुपमा जितेको पनि उल्लेख गरिएको छ । 


विवादका बिच प्रशासकले पुस्तक सार्वजनिक गर्ने मिति तय गरेका छन् । आउँदो मंगलबार सार्वजनिक हुने भनिएको पुस्तक अब शुक्रबार आज सार्वजनिक गर्ने तयारी छ ।

ट्रम्पका वकिलले रोक्ने प्रयास गरेकाले शुक्रबार नै सार्वजनिक गर्न लागिएको लेखक वुल्फले बताएका छन् । ह्वाइट हाउसले पुस्तकको विश्वसनियतामा प्रश्न गरेको छ ।

पत्रकार वुल्फले पुस्तकमा ट्रम्पको टिम चुनावमा पाएको जितबाट आश्चर्यमा परेको तथा तर्सिएको, ट्रम्पकी श्रीमती मिलानिया चुनावको रात निकै निराश रहेको, आफ्नो शपथग्रहणमा ए–लिस्टका कलाकार नआएकोमा ट्रम्प रिसाएको, ट्रम्प ह्वाइट हाउसमा डराएको, ट्रम्पकी छोरी इभान्काले आफू पनि राष्ट्रपति बन्ने सपना देख्न थालेको सहितका दाबी गरिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ

बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

पेरुमा शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई

भारतलाई पाकिस्तानले दियो कडा चेतावनी, भन्यो : परिणाम भोग्न तयार रहनु

क्यालिफोर्नियामा लेदोसहितको पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन
1 2 3 4 NEXT
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top