मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   
अन्तराष्ट्रिय समाचार


उत्तर कोरियाको दाबी–अमेरिकाको सबै भागमा मार हान्न सक्ने मिसाइल बनायौँ


अन्तराष्ट्रिय समाचार    15 पटक पढिएको        २०७४ मंसिर १३ बुधवार

उत्तर कोरियाको दाबी–अमेरिकाको सबै भागमा मार हान्न सक्ने मिसाइल बनायौँ


मंसिर १३ – उत्तर कोरियाले नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण जनाएको छ । उत्तर कोरियाले बुधबार अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

मिसाइल परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले परीक्षण गरिएको नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले परमाणु राज्य बन्ने अभियानमा सफलता मिलेको दाबी गरेको छ । उत्तर कोरियाले द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको बुधबार सफल परीक्षण गरेको हो । यो मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पछिल्लो मिसाइल परीक्षणले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थपेको छ ।

यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही  दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागबाट भने नरहेको जापान सरकारले जनाएको छ । यसअघिका परीक्षण भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो ।

उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको पछिल्लो गतिविधिले विश्वव्यापी रुपमा चिन्ता थपेको बताउनुभएको छ ।


धान धान दिवसमा सहभागि प्रतिनिधिहरु




धान धान दिवसमा सहभागि प्रतिनिधिहरु

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ

बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

पेरुमा शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त, राजमार्ग भत्केकाले उद्धारमा कठिनाई

भारतलाई पाकिस्तानले दियो कडा चेतावनी, भन्यो : परिणाम भोग्न तयार रहनु

क्यालिफोर्नियामा लेदोसहितको पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन
1 2 3 4 NEXT
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top