मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   
अन्तराष्ट्रिय समाचार


जिम्बाबेमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन


अन्तराष्ट्रिय समाचार    123 पटक पढिएको        २०७४ मंसिर ०३ आइतवार

जिम्बाबेमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौं नागरिकद्वारा प्रदर्शन


मंसिर ३ । जिम्बाबेको राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् ।राष्ट्रपति मुगाबेकोे पकड अन्त्य गर्न सेना सफल भएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकै क्रममा प्रदर्शनकारीले राष्ट्रपति मुगाबेबिरुद्ध नारा लगाउनुका साथै पुत्ला दहन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति मुगाबेको कार्यालयदेखि उनको घरसम्म र्‍याली निकालेका छन् । राष्ट्रपति मुगाबेले गत साता उपराष्ट्रपति इमरसन मनंगावालाई पदच्यूत गरी आफ्नी पत्नी ग्रेस मुगाबेललाई उपराष्ट्रपति बनाएका थिए । 

यसैबीच जिम्बावेको सरकारी टेलिभिजनले मुगाबेले सेना प्रमुखसँग आज भेट गर्ने जनाएको छ । मुगाबेलाई अन्तिम समयसम्म साथ दिएका संघर्षका योद्धाहरुले पनि मुगावेले सत्ता छोड्नुपर्ने माग गरेका छन् । गत बुधवार सेनाले शक्ति हातमा लिएपछि ९३ वर्षीय मुगाबे घर मै नजरबन्दमा छन् । नजरबन्दपछि शुक्रवार उनी पहिलो पटक सार्वजनिक समारोहमा देखिएका थिए ।

३७ वर्ष सत्तामा रहेका मुगाबेले आफ्नो उत्तराधिकारी छान्ने क्रममा शक्ति संघर्ष देखिएपछि सेनाले पछिल्लो कदम चालेको हो । सन् १९८० मा बेलायतबाट स्वतन्त्र भएपछि जिम्बावे मुगाबेको नेतृत्वमा थियो । (एजेन्सी)





कमेन्टसहरु




Copyright © 2017, All Rights Reserved ! Powered by :
Top