मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   
अन्तराष्ट्रिय समाचार


जिम्बाब्वेका राष्ट्रपतिद्वारा पद त्याग गर्न अस्वीकार, मध्यस्थताको प्रयास जारी


अन्तराष्ट्रिय समाचार    8 पटक पढिएको        २०७४ मंसिर ०१ शुक्रवार

जिम्बाब्वेका राष्ट्रपतिद्वारा पद त्याग गर्न अस्वीकार, मध्यस्थताको प्रयास जारी


हरारे, मंसिर १ । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दिइएको दबाब उनले अस्वीकार गरेका छन् । ३७ वर्षसम्म सत्तामा एकलौटी गरेका मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ । हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ । तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।

मुगाबेलाई कुन भूमिका दिने भन्नेबारेमा भएको वार्ता निरर्थक बनेको छ । विपक्षी नेता मोर्गान त्स्भानगिराईले भने अहिले चालिएको कदम जनइच्छा बमोजिम भएकाले मुगाबेले तत्काल पद छाड्नुपर्ने माग गरेका छन् । ९३ वर्षीय शासक मुगाबेमाथि आफ्नो ३७ वर्षे शासन टिकाउन मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लाग्ने गरेको छ ।

बुधबार आफ्नै निवासमा सेनाले नजरबन्दमा राखेका मुगाबेले सजिलै सत्ता छाडेमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताइए पनि मुगाबेले आफू अझै वैधानिक राष्ट्रपति भएको भन्दै पद त्याग्न मानेका छैनन् । दक्षिण अफ्रिकी विकास समुदाय र अफ्रिकी युनियनलगायतका क्षेत्रीय संगठनले सैन्य नियन्त्रणलाई अनुमोदन गर्नुभन्दा पनि संकटलाई लिएर संवैधानिक रुपमा सही हुने समाधान दिन मध्यस्थताको प्रयास गरेका हुन् ।

९३ वर्षीय राष्ट्रपति मुगाबेले सन् १९८० मा अल्पसंख्यक श्वेत शासकलाई पन्छाए यता लगातार जिम्बाब्वेको नेतृत्व गरिरहेका छन् । तर हालै उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेपछि सत्तारुढ जानू पिएफ दलमा पनि विभाजन निम्तिएको छ ।(एजेन्सी)





कमेन्टसहरु




Copyright © 2017, All Rights Reserved ! Powered by :
Top