मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

द्वन्दले खुसी खोसियो,कोख रित्तियो


  • मकवानपुर समाचार
  • पटक पढिएको
मकवानपुर

द्वन्दले खुसी खोसियो,कोख रित्तियो

,उमेरले छ दशक काटेको छ,आफ्नै घर पनि बिस्तारै बिरानो हुँदैछ । बुढेशकाल लाग्दैछ । घर खरले छाएको छ,भित्ता माटोले लिपिएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ का ६१ बर्षीय भीम बहादुर रखाल सुस्केरा हाल्दै घरको पिँडीमा थ्याथ्च बस्छन् उनकी ६० बर्षीया पत्नी बर्तमायाँ घर नजिकैको खोरमा रहेको बाख्रालाई घाँस हाल्न जान्छिन् । तत्कालिन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र युद्धका क्रममा भीम बहादुरले दुईभाइ छोरा गुमाउनु भएको हो । 

जेठा छोरा अर्जुनको त पत्तो नै लागेको छैन । २०५७ सालमा शादा पोशाकमा खटिएका प्रहरीले बल खेल्नेक्रममा रौतहटबाट अर्जुनलाई पक्राउ गरेर बेपत्ता बनाएका हुन् । अर्जुनको बिषयमा उनलाई केही थाहा छैन । अर्जुनकी छोरी ऊ बेलामा दुई बर्षकी थिइन् अहिले १९ बर्षीकी भइन् । कान्छो छोरा डिल बहादुर भने २०६० सालतिर सिराहामा भिडन्तमा मारिएको पार्टीका मान्छे(तत्कालिन माओवादी)का कार्यकर्ताहरुले भीमलाई जानकारी गराएका छन् । डिल बहादुरको पनि शव उनले पाएनन् । काजक्रिया दुबै छोराको गरेका छैनन् । छोराहरुको अभावमा बाँच्नै गाहे भएको उनीहरुले पीडा पोखे । अहिले हिजो युद्ध गरेकै पार्टी सरकारमा भएपनि आफूहरुलाई कहिल्यै नहेरेको देख्दा आफूहरुलाई पनि मारिदिने हुन्थ्यो जस्तो लागेको भीम बहादुरको भनाइ छ । 

पढाइ रोकियो

अर्जुन रखाललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाउदा उनकी छोरी लक्की जम्मा दुई बर्षमा थिइन् अहिले उनी १९ बर्षमा पुगेकी छन् । बुवाको नाउमा राज्यले दिएको दश लाख मध्य केही रकम खर्च गरेर उनले कक्षा १२ सम्मको पढाइ सकेकी छन् । अब पैसा नभएका कारण पढ्न नपाएको लक्कीले नेपाल समाचारपत्रसँग गुनासो गर्नुभयो । कमाउने,संरक्षण गर्ने बावु नै नभएपछि आफ्नो पढाइ रोकिएको उहाँ बताउनुभयो । अर्जुनकी पन्ती पद्मा रानाले रौतहटको चपुरमा सानो पसल संचालन गर्नु भएको र सोही पसलबाट आएको आम्दानीले आफूहरुको गुजारा चलेको लक्कीको भनाइ छ । 

अर्को दर्दनाक कथा

 द्वन्द हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा बस्दै आउनु भएका पद्मजन्ग थापाको पनि घर उजाडिएको छ । उहाँको पनि दुई भाइ छोरा माओवादी आन्दोलनमा लागेका क्रममा मारिएका छन् । पद्मको जेठो छोरा राजुलाई २०५८ सालमा सेनाले नियन्त्रणमा लिएर मकवानपुरकै बकैयामा गोलीहानी हत्या गरेको हो भने साइलो छोरा भजन बन्दीपुरमा भिडन्तमा परेर मारिनु भएको हो । पद्मको घरमा पुग्दा उहाँ छतमा बसेर नेपाल समाचारकर्मीलाई कुर्दै हुनुन्थ्यो । कुरा शुरु भएपछि उहाँको आँखामा अबिरल बलिन्द्र धारा आँशु झरिरहेको थियो । उहँको एकमात्रै भनाइ थियोःप्रचण्ड र ओलीहरुले पनि आफूहरुलाई बिर्से । हिजो युद्धका क्रममा गरेको बाचाहरु सरकारमा पुगेपछि तत्कालिन माअ‍ोवादीले बिर्सिएको भन्दै पद्मले रुदै आफ्ना पीडा नेपालसमाचारपत्रसँग पोख्नुभएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित - 2019-07-31
हेटौंडा

प्रदेशको सेवा सबै जिल्लामा पुग्नुपर्छ–मुख्यमन्त्री पौडेल - 2019-07-30
हेटौंडा ।

हेटौंडा अस्पतालमा प्रबिधि भित्रदै, रगतको रिपोर्ट बिरामीको इमेलमै - 2019-07-29
हेटौंडा

- 2019-07-29
हेटौंडा ।

प्रदेश ३ का मुख्य न्यायधिबक्ता थपलियाको हेटौंडामा सपथ - 2019-07-28
हेटौंडा

मकवानपुरका सांसदहरुको टोली बाढी पीडित वस्तीमा - 2019-07-27
हेटौंडा ।

फरेष्टि विवादः सरकारका दुई निकायको सधैको टकराव - 2019-07-26
हेटौंड

प्रदेश ३ सरकारलाई ४९ वटा स्थानीय तहले राजस्व बुझाएनन् - 2019-07-25
हेटौंडा

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो - 2019-07-24
हेटौंडा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top