मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ     प्रदेश ३ का सांसदलाई बिदेश घुम्न २० लाख   

मकवानपुर समाचार

मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु

 मकवानपुरको मार्खुमा गएरातीको बर्षाका कारण पहिरोले घरको केही भाग पुर्दा घरमा सुतिरहेका आमा छोरीको मृत्यु भएको छ । एक जना बुहारी भने घाइते भएकी छन् । घरमाथी र तलबाट बगेको पहिरोले पुरेर दुईजनाको मृत्यु भएको पुष्टी भएको छ । पहिरोले पुरेर बेपत्ता भएका दुईजनाको सव प्रहरीले फेला पारेको हो ।

पहिरो लडेको र घरको केही भाग पुरेको स्थानमा हेर्दा आमा, छोरीको सव फेला पारिएको छ । राती घर सहित पहिरोले पुरेका ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामीको सव फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

पहिरोमा पुरिएर अका एक जना घाइते भएका छन् । पहिरोमा पुरिनेमा पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् । गएरातीनै पहिरो लडेपनि स्थानीय वासिन्दाहरुले बिहान मात्र थाहा पाएका थिए । बिहान पख छिमेकी बलामीकोे घरै नदेखेपछी स्थानीय वासिन्दाहरुले प्रहरीलाई खबर गरेका थिए । पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा बिहानै पुगेको थियोे । घरमाथि पहिरो आउदा घरमा रहेका उनीहरुलाई पुरेको हो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला - 2017-11-12
काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो - 2017-07-21
प्युठान- सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स त हामीले देखेकै छौं। सबैले देख्ने स्थानमा राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि मानिसहरु हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

प्लास्टिकको चामल पहिचान गर्ने ५ तरिकाहरु - 2017-07-14
जमाना पनि कस्तो आयो! नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल त बजारमा सजिलै बिक्रि भई रहेका थिए तर अब त चावल पनि नक्कली निस्कीएको छ। हो, देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको खबर छ। उपत्यका भित्र पनि कैयौ पसलहरुमा प्लास्टिकको चामल बिक्रि भईरहेका छन्। आत्तिहाल्नु पर्ने अवस्था छैन किन की यी पाच तरिकाबाट सजिलै असली र नक्कली चावल छुट्टाउन सकिन्छ।

के हो जोर्नी खिइने समस्या? ५ लक्षण र उपचार - 2017-06-26
के हो जोर्नी खिइने समस्यारु यसका लक्षण र उपचार के होला ? आर अस्टिओ आर्थाइटिस् उमेर पुगेपछि मानिसमा देखा पर्ने एउटा समस्या हो । अस्टिओ आर्थाइटिस्लाई नेपालीमा जोर्नी खिइने समस्या भनिन्छ । यो समस्या बिशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ ।

कोलेस्ट्रोल कम गर्ने उपाय - 2017-05-25
रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने । यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

बाग्मती ५ मा बुद्धिमान विजयी - 2017-05-16
२ जेठ । बाग्मती गाउँपालिकामा वडा नम्बर ५ को मतगणना सकिएको छ । बाग्मती ५ को वडाअध्यक्षमा ३५३ मत ल्याउँदै माओवादी केन्द्रका बुद्धिमान माझी विजयी भएका छन् ।

फोक्सो स्वस्थ राख्न यी कुरा खाने गर्नुहोस् - 2017-04-30
मकै मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

विरगञ्जमा दुई साताअघि भएको अहेब बबिताको हत्यामा उनकै श्रीमानको संलग्नता - 2017-04-12
वीरगन्ज– पर्साको रमगढवा हेल्थ पोस्टमा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्यामा उनकै पतिको हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले वविता हत्यामा उनका पति अमरेन्द्र पण्डितको समेत संलग्नता रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान अन्तिम अवस्थामा पुगेको र अनुसन्धानका क्रममा दोषि देखिएकालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top