मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

 हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा रहेको लक्ष्मी आधारभूत बिद्यालयलाई शिवम् सिमेन्ट प्रालिले शैक्षिक सामग्री प्रदान गरेको छ । 

बिद्यलाय परिसरमा एक कार्यक्रमको आयोजना गरी शिवम् सिमेन्टले उक्त बिद्यालयमा प्रधानाध्यापक यदुदेव सिग्देल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम सुवेदीलाई शैक्षिक सामग्री स्वरुप कम्यूटर प्रदान गरिएको हो । सो अवसरमा बिद्यालयलाई चारथान कम्यूटर र एकथान मोनिटर प्रदान गरिएको हो । कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी संचालक रघुनन्दन मारुले बिद्यालयका बालबालिकाहरुलाई कम्यूटर शिक्षा प्राप्तिका लागि सजिलो होस् भन्ने उद्देश्यले कम्यूटर प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष भैरव राई,शिवम् सिमेन्टका नवलकिशोर चौधरी,रामजी प्रसाद चिमौरिया,अच्यूत पराजुली,राम कँडेल लगायको उपस्थिति रहेको बिद्यालयका प्रधानाध्यापक यदुदेव सिग्देलले जानकारी दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने - 2018-05-03
थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ ।

चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते - 2018-05-02
बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।

हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने - 2018-04-20
नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट मकवानपुर जिल्लामा सित्तैमा वितरण गरिदैछ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने भएको हो । सिमकार्ड बितरणको लागि नेपाल टेलिकम हेटौंडाको कार्यालयमा निशुल्क सिमकार्ड बितरण सचिवालय सञ्चालन गरिएको छ ।

हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु - 2018-04-20
मकवानपुर, ७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको आयोजनामा गुम्बा परिसरमा ३ दिने "फुर्वा पूजा" सुरु भएको छ । गौतम बुद्धको २५६२ औँ शुभ जयन्तीका अवसरमा सम्पूर्ण मानवजातिको सुख, शान्ति एवं समृद्धिको लागि "फुर्वा पूजा" बज्र किलाय महानपूजा तथा वाङ अभिषेकको आयोजना गरिएको हो ।

मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू - 2018-04-17
४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।

मनहरीमा पुरुषको बेवारीसे शव, प्रहरी अनुसन्धानमा - 2018-03-09
मकवानपुर, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा बुधबार फेला परेको बेवारीसे शवको अझै पहिचान खुलेको छैन । बुधबार सवारीले ठक्कर दिएर मृत्यू भएको अवस्थामा उक्त व्यक्तिको शव फेला परेको थियो ।

बकैया महोत्सवको तयारि अन्तिम, मुख्यमन्त्री पौडेलबाट उद्घाटन हुने - 2018-02-27
हेटौँडा,१५ फागुन, पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा भोली फागुन १२ गतेबाट हुने बकैया सास्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको भोली फागुन १६ गते प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

पौष्टिक आहारको कमी : एक तिहाइ बालबालिका पुड्का - 2017-11-19
मंसिर ३, २०७४ - सन्तुलित खाना नपाउँदा ५ वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिका पुड्का हुने गरेका छन् । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा आवश्यक पोषण नपाउँदा बालबालिकाको उचाइ उमेरअनुसारको हुने नगरेको औंल्याइएको छ । सर्वेक्षणका अनुसार एक सयमध्ये ३६ बालबालिकाको उचाइ उमेरअनुसारको छैन । सर्वेक्षणले सयमा १० बालबालिका ख्याउटे हुने गरेको र २७ जना कम तौलका हुने गरेको पनि देखाएको छ । एक सय जनामा सर्वेक्षण गर्दा आवश्यकभन्दा बढी तौल भएका एक बालबालिका पाइएको पनि सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला - 2017-11-12
काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top