मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

मकवानपुर समाचार

जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल


  • मकवानपुर समाचार
  • पटक पढिएको
हेटौंडा

जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल

 प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले देशभरीका जेलमा ठुलो जनसक्ति रहेकाले उनीहरुलाई रोजगारी संग जोडिनुपर्ने बताउनुभएको छ । जेलमा रहेका जनसक्तिलाई आयआर्जन संग जोडेमा सहज हुने बताउनुभयो । कैदी बन्दी बस्ने जेलमा भौतिक संरचनामा सुधार गर्नु अहिलेको पहिलो आवस्यक्ता रहेको उहाँले बताउनुभएको छ ।

कारागार ब्यावस्थापन बिभाग काठमाण्डौंको आयोजनामा कारागार ब्यावस्थापन सम्बन्धी प्रदेश स्तरिय समन्वय गोष्ठीको आज हेटौंमा उद्घाटन् गर्दै उहाँले समग्र जेलको समस्या पहिचान गरेर सुधार गर्न तर्फ प्रदेश सरकार र जेलको प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

चितवनको जेलमा अहिले पनि एक पछी अर्को सुत्नुपर्ने अवस्था भएकाले यसमा सुधार गर्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो । धेरै खालका समस्या भएकाले अब कानुनी रुपमानै जेलको सुधार गर्न लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘म पनि चार बर्ष देशका बिभीन्न जेलमा बसेको छु । ती जेलको अवस्था मलाई थाहा छ । त्यसैले अहिलेको अवस्थाबाट सुधार गर्नै पर्छ ।’ जेल प्रशासनले नीति नियम, कानुन संगै आचरण पनि सुधार गर्नुपर्ने मन्त्री जमकट्टेलले बताउनुभयो । अहिले जेलर भन्दा ठुलो चौकिदार भएकाले यो प्रथाको अन्त्य गरिनुपर्ने बताउनुभयो । हाम्रा नीति काजगमा लेखिने तर, ब्यवहारमा लागू नहुने समस्या रहेको उहाँको भनाई छ ।

कारागार ब्यवस्थापन बिभागका महानिर्देशक हरिप्रसाद मैनालीले देशका सातवटै प्रदेशमा कारागारका एकै खालका समस्या रहेकाले यी समस्या समाधान गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । कारागारमा भौतिक पूर्बाधारको अभाब, सेवा सूबिधामा समस्या, पानीको अभाब लगायतका समस्याहरु रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ भित्रका १३ वटा जिल्लाका कारागारबाट सहभागि जेलरहरुले कारागारको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जहाँ मेसिनबाट दूध दुइन्छ - 2019-04-23
हेटौंडा

मुनु अध्यक्षमा र पुलामी सचिवमा चयन - 2019-04-22
मकवानपुर

मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह - 2019-04-21
मकवानपुर

प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी - 2019-04-21
हेटौंडा

पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद - 2019-04-20
हेटौंडा,७ बैशाख ।

सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया - 2019-04-19
मकवानपुर,६ बैशाख

पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना - 2019-04-18
हेटौंडा ।

मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस् - 2019-04-18
मकवानपुर,५ बैशाख ।

हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले - 2019-04-17


PREV 1 2 3 4 5 6 7 8 9 10 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top