मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत     प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्   

मकवानपुर समाचार

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश


  • मकवानपुर समाचार
  • पटक पढिएको
मनहरी–

संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी उनीहरु नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फुलमाला र अबिरटिका लगाएर स्वागत गर्नु भएको थियो ।

प्रवेश गर्नेहरुमा केही स्वतन्त्र युवाहरुसहित समाजवादी पार्टीका जिल्ला सदस्य थिङ, नेपाली काँग्रेस मनहरी गाउँ इकाइ समिति सदस्य रामकृष्ण प्रजा, राप्रपाका ६ नं वडाध्यक्ष राजु प्रजा लगायतका रहेका छन् । नेपाली काँग्रेसका क्रियाशील महिलाहरुले पनि पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीका सचिव हेमलाल उप्रेतीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान लगायत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो भने मनहरी गाउँ कमिटी सचिवालय सदस्य मनिला बिष्टले स्वागत गर्नु भएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडामा डेंगुबाट बच्न जनचेतना जगाईदै - 2019-08-09
हेटौंडा

प्रदेशको राजधानी हेटौंडा चाहिन्छ भन्दिनँ– मुख्यमन्त्री पौडेल - 2019-08-08
काठमाडौं

हेटौंडामा मात्र डेंगूका ६२ जना बिरामी, नियन्त्रणको प्रयास हुँदै - 2019-08-07
हेटौंडा

हेटौंडामा पसल चोरी गर्ने १ जना पक्राउ - 2019-08-06
हेटौंडा ।

मकवानपुरमा लागू औषध ओसार्ने फरक तरिका अपनाउँदै तस्कर - 2019-08-05
हेटौंडा

जनताको समस्या बुझन सांसद खतिवडाको टोली हाँडिखोलामा - 2019-08-04
हेटौंडा

नेकपा मकवानपुरको बैठकः ४८ सदस्य जिल्ला सचिवालय - 2019-08-03
हेटौंडा

राजमार्ग बिस्तारको ३ नम्बर पुलमा - 2019-08-01
हेटौंडा

हेटौंडामा ट्रक र मोटरसाईकल ठोकियो, दुईजनाको मृत्यु - 2019-08-01
हेटौंडा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top