मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख - 2018-08-08
२३ साउन, काठमाडौ‌ं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस–सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन - 2018-05-04
२१ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन( २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो - 2018-05-04
२१ वैशाख, काठमाडौं । भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् ।

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए । - 2018-05-02
ललितपुर, वैशाख १९ – गोदावरी नगरपालिकाकी उपनमेयर मुना अधिकारी श्रीमानको कुटाईबाट घाइते हुनु भएको छ । कुटपिटमा संलग्न अधिकारीका श्रीमान ध्रुव कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार नै पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ - 2018-03-09
महोत्तरी, फागुन २५ । महोत्तरीको सीतापुर, भंगहामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको छ ।

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी - 2018-03-07
इलाम, फागुन २३ – इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा ४ हजार ८ सय ०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ४ हजार १ सय ५४ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ ।

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो - 2018-01-22
हेटौडा । तीन नंम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा यस प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । –१० टिसीएन रोडमा रहेको क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका सांसदहरुहेटौँडाको सफथ ग्रहण गरिएको हो ।

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग - 2018-01-16
नेपाल पत्रकार महासंघ मकवापनुर साखालाई आज मकवानपुरका निबर्तमान सांसद सुभाषचन्द्र ठकुरीले एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु - 2018-01-16
महाँलेखा परिक्षकको कार्यालयले मकवानपुरका सबै सरकारी कार्यालय र स्थानिय तहमा भएका आर्थिक कामको अडिट गर्न सुरु गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top