मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्न लागेको दोश्रो खेलकुद तथा व्यापार महोत्सवको व्यापारीहरुद्धारा चर्को विरोध - 2017-12-16
दिवगत पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले आयोजना गर्ने भनेको दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सवको व्यापारीहरुले नै चकोै विरोध गरेका छन् ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्न लागेको दोश्रो खेलकुद तथा व्यापार महोत्सव चरम विवादमा - 2017-12-15
दिवगत पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरले आयोजना गर्ने भनेको दोश्रो खेलकुद तथा वृहद व्यापार महोत्सव चरम विवादमा परेको छ ।

विरोध खतिवडा नेकपा (एमाले) मकवानपुर-क्षेत्र नं. (२) ४६४८१ मत प्राप्त गरी बिजयी - 2017-12-10
मकवानपुर

कृष्‍णप्रसाद दहाल नेकपा (एमाले) मकवानपुर-क्षेत्र नं. (१) ४०६३१ मत प्राप्त गरी बिजयी - 2017-12-10
मकवानपुर

मकवानपुर जिल्लाको हाल सम्मको मत परिणाम - 2017-12-09
मकवानपुर जिल्लाको हाल सम्मको मत परिणाम

मकवानपुरका सबै मतदान केन्द्रबाट शान्तिपुर्ण रुपले मतदान सम्पन्न - 2017-12-07
मकवानपुरका सबै मतदान केन्द्रबाट शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको छ । जिल्लाका एक सय ६४ वटा मतदान स्थलमा ३ सय २४ वटा मतदान केन्द्रबाट मतदान शान्तिपुर्ण ढंगले सकिएको हो ।

मकवानपुरका उमेद्धवारहरुले काँहा काँहाबाट भोट हाले । - 2017-12-07
राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आज बिहान हेटौडा उपमहानगरपालिका वडानंम्बर ६ चौघडामा रहेको बंशगोपाल उच्च माबिको मतदान स्थलबाट मतदान गर्नुभएको छ । मकवानपुर क्षेत्रनंम्बर १ का उमेदवार समेत रहनुभएका थापाले आज बिहानै आफ्नो बंशगोपाल उच्च माबिको चारवटा मतदान केन्द्र मध्य क मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउछ–दाहाल - 2017-12-04
हेटौंडा, १८ मंसिर / वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले २०७४ सालको निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउने बर्ताका छन् । राजनितिक अस्थिरताले देश जर्जर बनेको भन्दै नेता दाहालले अस्थिरता हटाई सम्बृद्ध राष्ट्र बनाउन वामगठबन्धनको सरकार निर्माण गर्ने बताए ।

राप्रपा र कांग्रेसबाट केहि नहुने पुष्टि भैसकेको छ : पौडेल - 2017-11-24
हेटौँडा,८ मंसिर/वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top