मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत     संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा   

राष्ट्रिय समाचार

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाण्डौ –

आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उहाँले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो ।

केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उहाँले भन्नुभयो, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’

यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उहाँले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गर्नुभयो ।

सत्य निरुपण र बेपत्ता आयोगले यसै हप्ता पूर्णता पाउँछ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै यसलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता तथा छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने पनि बताउनुभयो ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान हुनेमा ढुक्क हुन सकिन्छ ।’

दुवै आयोगका प्रमुख आयुक्त र आयुक्तहरु सिफारिस गर्न सिफारिस समिति निर्माण भइसकेको र त्यो समितिले यसै हप्ताभित्र आयुक्तहरुको सिफारिस गरेपछि सरकारले विलम्ब नगरी आयोग गठनलाई पूर्णता दिने उहाँले बताउनुभयो ।

सरकारले प्रतिबद्धता गरे अनुरुप नै द्वन्द्वका बेला भएका घटनाको समुचित ढंगले सम्बोधन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


एमालेले तोक्यो उम्मेद्वार टुंगो लगाउने ‘डेडलाइन’ - 2017-04-04
काठमाडौं, चैत २२– नेकपा एमालेले आगामी बैशाख १२ गतेभित्र देशभरका स्थानीय तहमा निर्वाचन लड्ने उम्मेद्वारहरुको अन्तिम टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले गरेको निर्णयअनुसार चैत ३० गतेसम्म वडा सदस्य तथा अध्यक्षको जिल्ला कमिटीसमक्ष सिफारिश गरिसक्नु पर्नेछ । यस्तै बैशाख ४ गतेसम्म गाउँपालिका तथा नगरपालिकाका प्रमुख, मेयर उपमेयरलगायतको सिफारिश गरिसक्नुपर्ने छ । सिफारिश गरिएको उक्त नाम ७ गतेभित्र प्रदेशमा पठाइसक्नु पर्ने एमालेले निर्णय गरेको छ ।

फास्टट्रयाक बनाउने जिम्मा नेपाली सेनाले लिने - 2017-04-04
काठमाडौँ, चैत २१ । सरकारको महत्वकाक्षि विकास निर्माण योजनामध्ये तराई जोड्ने फास्ट ट्रयाक आफै बनाउने भएको छ । रक्षा मन्त्रालयले फास्टट्रयाक बनाउने व्यवस्थापनको जिम्मेवारी दिन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई पत्र पठाएको छ ।

प्रहरीकै संलग्नता लुटे ६० तोला सुन, तीन पक्राउ - 2017-04-02
हेटौंडा एफएम, २० चैत/काठमाडौं न्यूयोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न तीन जना पक्राउ परेका छन् । न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।

महेन्द्रले भनेका हुन् भने म त्यो विचारको पक्षपाती हो : बामदेव गौतम - 2017-03-15
फागुन २० गते दिउँसो १२ बजे भैँसीपाटीस्थित निवासमा पुग्दा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम खाना खाँदै थिए । केही बेरको पर्खाइपछि उनले अन्तर्वार्ताका लागि आफ्नो कोठामा लगे ।

देखेको कुरा लेख्दा देश निकाला गर्छन् र ? : राधाकृष्ण मैनालीको अन्तर्वार्ता - 2017-03-15
हेटौंडा, ८ असोज । पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनालीको सितापाईलास्थित घरमा पहिलो पटक पाईला टेक्दा राजनीतिक विश्लेषक हरी रोका र मसँगै थियौँ । मैनाली र रोकाले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा एउटै अभियानमा जोडिँदासँगै जेल जिवन बिताएका थिए

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top