मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

राष्ट्रिय समाचार

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
सानोठिमी

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । 

बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गरिएको हो । 

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो । 

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको थियो ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।


किशोरको भनाई



प्रहरीको भनाई



युवती कुट्ने ५ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर, इन्सपेक्टर पनि कारवाहीमा





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा - 2017-06-01
काठमाडौं, जेठ १७– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

भरतपुरको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता - 2017-05-31
चितवन, जेठ १७ – भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको हो ।

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ - 2017-05-30
१६ जेठ, रौतहट । दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते - 2017-05-30
१६ जेठ, काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको 'स्काइ ट्रक' विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने - 2017-05-30
काठमाडौं, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला नेकपा माओवादी केन्द्रका दुई जना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ । निर्वाचन आयोगले यसबारेमा छानविन गर्न भन्दै बुधबारसम्मका लागि मतगणना रोकेको छ ।

दोषीलाई कारवाही सहित मतगणना तत्काल सुचारु गर्न एमालेको माग - 2017-05-29
भरतपुर, १५ जेठ-गएरातिदेखि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्न नेकपा एमालेले माग गरेको छ । गएराति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव उत्तपन्न भइ रोकिएको मतगणना कार्यलाई तत्काल सुचारु गर्न जोडदार माग गर्दै एमालेले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

चितवनका एसपी भन्छन् – मतपत्र च्यात्दै गर्दा पक्राउ पर्ने माओवादीका प्रतिनिधि हुन् - 2017-05-29
चितवन, जेठ १५ – भरतपुर महानगरपालिकामा मतगणना भैरहँदा माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको चितवन प्रहरीले पुष्टी गरेको छ ।

अपडेट लुक्ला विमान दुर्घटना : सहयोगी पाईलटको पनि मृत्यू - 2017-05-28
काठमाडौं, १४ जेठ । लुक्लामा शनिबार भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सृजन मानन्धरको पनि मृत्यू भएको छ ।

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य - 2017-05-28
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् ।बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top