मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

राष्ट्रिय समाचार

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
सानोठिमी

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । 

बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गरिएको हो । 

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो । 

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको थियो ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।


किशोरको भनाई



प्रहरीको भनाई



युवती कुट्ने ५ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर, इन्सपेक्टर पनि कारवाहीमा





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मतदान केन्द्रमा धमाधम मतपेटिका पठाईंदै - 2017-06-23
खोटाङ, असार ९– स्थानीय तहको चुनावका लागि खोटाङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको एकसय ३६ मतदान स्थलका एकसय ७३ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

कपिलवस्तुमा बम बिस्फोट, १० घाइते - 2017-06-18
कपिलवस्तु, असार ४ – कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडामा बम बिस्फोट भएको छ । बम विस्फोटमा परेर १० जना घाइते भएका कपिलवस्तुका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

माओवादीबाट महरा परराष्ट्र र उपप्रधानमन्त्री जनादर्न शर्मा गृहमन्त्री - 2017-06-07
२४ जेठ, काठमाडौं । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् । माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित - 2017-06-06
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् ।

निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने - 2017-06-03
काठमाडौं, जेठ २० – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को एक केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ ।

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो - 2017-06-01
८ जेठ, चितवन । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे - 2017-06-01
१८ जेठ, चितवन । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समूह पक्राउ ! - 2017-06-01
डोटी, जेठ १८ – बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका(८ मा लालबहादुर आउजीलाई अपरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिएको छ ।

भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी - 2017-06-01
चितवन, जेठ १८ – चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top