मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु - 2017-11-17
झापा, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कांग्रेस नेता महतको चुनावी प्रचारमा लगेको गाडी एम्बुसमा, ५ जना घाइते - 2017-11-17
मंसिर १ – कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार डाक्टर रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेर पल्टिँदा पाँच जना घाइते भएका छन् ।

राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाको तयारी शून्य - 2017-11-17
काठमाडौं, मंसिर १ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशको राजधानी र प्रमुख तोकिएको छैन । प्रदेशको राजधानी र प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभा बस्ने ठाउँ तथा संघीयता कार्यान्वयनसँग जोडिएका अरु विषय अन्योलमा परेको छ ।

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता - 2017-11-16
दुबई, कात्तिक ३० – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ ।

भूकम्प प्रभावितले गुनासो गर्ने समयसीमा मंसिर मसान्तसम्म मात्रै - 2017-11-16
काठमाडौं, कात्तिक ३० – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा घर पुनर्निर्माणसँग सम्बन्धित गुनासो आउँदो मंसिर मसान्तसम्म मात्र दर्ता गर्न सकिने गरी समयसीमा निर्धारण गरेको छ ।

नेपालकै होचा कलाकार शाहको निधन - 2017-11-16
काठमाडौं, कात्तिक ३० – नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । ३१ इन्चमात्र कद भएका शाह केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका थिए । शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको हो ।

पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज कम्पनीले बनाउने - 2017-11-16
काठमाडौं, कात्तिक ३० – सातसय ५० मेगाहर्जको पश्चिम सेती जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज इन्टरनेश्नल कम्पनीले संयुक्त लगानीमा बनाउने भएका छन् ।

रोल्पामा कांग्रेस उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंहलाई लक्षित गरी बम विष्फोट - 2017-11-16
रोल्पा, कात्तिक ३० — सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विष्फोट गराइएको छ ।सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा पहिचान हुन नसकेको समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले जानकारी दिनुभयो ।

पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनेन : व्यवसायी - 2017-11-16
काठमाडौं, कात्तिक ३० । सरकारले पुष्प व्यवसायमा लगानीमैत्री बातावरण बनाउन नसकेको आरोप पुष्प व्यवसायीले लगाएका छन् ।पुष्प व्यवसायीहरुले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले पुष्प व्यवसायमा सरकारले लगानी बातावरण बनाउन नसक्दा बर्षेनी बिदेशबाट फूल भित्र्याउनु परेको गुनासो गरे ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top