मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त - 2019-01-02
काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ ।राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्राण्ड एम्बेसडर’मा नियुक्त गरिएको घोषणा गरेको हो ।

माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ? - 2019-01-02
काठमाडौं – राष्ट्रिय गौरवको आयोजनामा देखिने समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाइने भनेको ‘वार रुम’को निर्माण कार्य अगाडि बढेको छ ।

निर्मला हत्या प्रकरणः आरोप स्वीकारेको भनिएका दुई जनाको डीएनए कञ्चनपुर पठाइयो - 2018-12-18
३ पुस, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।

मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गर्ने - 2018-12-18
३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् । चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड "सीआरसीसी" लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो । बुधबार राष्ट्रिय सभा गृह महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

शुभारम्भ भयो सामाजिक सुरक्षा योजना - 2018-11-27
काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ भएको छ ।

तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग - 2018-11-27
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो र अहिलेको कार्यकालमा समेत तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजनालाई प्राथमिकता दिनुभएको छ ।

झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या - 2018-09-11
झापा – कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यवसायी ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको छ ।

जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल - 2018-09-11
धनुषा – जनकपुर – जयनगर ब्रोडगेज रेल २० दिनभित्र जनकपुर आइपुग्ने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेलको लिक परीक्षणको आधा काम सकिएको छ । निर्माणाधीन रेल्वे लिगमा भारतीय इन्जिनसहितको रेल बोगी साढे १७ किलोमिटर गुडाएर परीक्षण गरिसकेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।

हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५ - 2018-08-14
हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top