मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


१० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ? - 2017-11-23
काठमाडौं, मंसिर ७ – मंसिर १० र २१ गते चुनाव हुने जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । मंसिर १० गते ३२ जिल्लामा र २१ गते ४५ जिल्लामा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन - 2017-11-21
चितवन, मंसिर ५ – युवाहरु हो देश तिम्रै हो नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो । यो गीत गाएर सभामा उपस्थित भएका युवालाई हौसाला दिएको केहीबेरमै गायक खुशीराम पाख्रिन हामीबिच रहनुभएन ।

निर्वाचन आयुक्त भन्छन् - आचारसंहिता पालना नगर्ने दललाई भोट नहाल्नुस् - 2017-11-20
गोरखा, मंसिर ४ – निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नहाल्न आग्रह गर्नुभएको छ । त्यस्ता उम्मेदवार वा दललाई मतदाताले भोट नहालिदिएर सजाय दिनुपर्ने उहाँको भनाई छ ।

एमाले मधेस विरोधी भन्नु गलत : ओली - 2017-11-20
मंसिर ४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकबाट जन्मेका नेपालीका छोराछोरीलाई बंशजको नागरिकता दिन सकिने बताउनु भएको छ । विराटनगर महानगरापलिका वडा नं १० मा सोमबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जन्मसिद्ध नागरिकका छोराछोरीलाई बंशजका आधारमा नागरिकता वितरण गर्न रहेको कानूनी जटिलता समस्या समाधान गरिने बताउनुभएको हो ।

एमाले तराई/मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली - 2017-11-20
विराटनगर, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराईरमधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन् ।विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिए ।

चुनाव आउन ६ दिन मात्र बाँकी छँदा मतदाता अझै भोट खसाल्ने तरीकाबारे अनविज्ञ - 2017-11-20
काठमाडौं, मंसिर ४ – पहिलो चरणको चुनाव आउन ६ दिन मात्र बाँकी छँदा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेको छ । निर्वाचन आयोगले गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि धेरै नागरिकले भोट दिने सही तरिका थाहा नपाएको गुनासो गरेका छन् ।

प्रकाशको निधनपछि प्रचण्डले आज दिए पहिलो आधिकारिक धारणा (भिडियो सहित) - 2017-11-20
युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्को गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन भइरहेको बताएका छन्। छोरा प्रकाशको निधनप्रति समवेदना प्रकट गर्न लाजिम्पाटस्थित निवास पुगेका शुभेच्छुकहरुसँगको छोटो कुराकानीमा प्रचण्डले परिवारलाई सम्हाल्न गार्‍हो भइरहेको बताएका हुन्।

मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाबारे आएका सुझावमा गम्भीर छौँ : आयोग - 2017-11-19
काठमाडौं, मंसिर ३ । प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताएका छन् ।

छोराको बिदाईमा थामिएनन् प्रचण्डका आँसु - 2017-11-19
काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top