मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अबको प्रधानमन्त्री ओली कि प्रचण्ड ? - 2018-01-05
काठमाडौं, पुस २१ – एमाले माओवादीले चुनावका लागि जुन लयमा तालमेल गरेका थिए त्यसअनुसार पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेपछि भावी प्रधानमन्त्री को होला भन्ने प्रश्न उब्जिन थालेको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरे पनि पार्टी एकतामा आएको समस्याका कारण प्रचण्ड आफै प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका जन्मेको छ ।

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु - 2017-12-07
पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक (हेर्ने तरिकासहित) - 2017-12-04
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आज बसेको बोर्डको बैठकले गत असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

३२ जिल्लाका सबै मतपेटिका सदरमुकाममा संकलन : आयोग - 2017-11-29
काठमाडौं, मंसिर १३ – पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने सकिएको निर्वाचन आयोगले जनाएको छ ।

उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित ६ जना घाइते - 2017-11-29
उदयपुर, मंसिर १३ – उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।

फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य - 2017-11-23
चार लेन सडकको चौडाइ २५ मिटरसम्म ७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं(तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै - 2017-11-23
काठमाडौं, मंसिर ७ – पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा बिहीबार मध्य रातिदेखि मौन अवधी सुरु हुँदैछ । राति १२ बजेपछि सुरु हुने मौन अवधिमा चुनाव नसकिउन्जेल राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द - 2017-11-23
काठमाडौं, मंसिर ७ – आउँदो आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था बिहीबारदेखि बन्द हुँदैछन् ।

जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै - 2017-11-23
धनुषा, मंसिर ७ – जनकपुरमा बिहीबार सीताराम विवाह पञ्चमी महोत्सवम धुमधामसँग मनाईँदै छ । सप्ताह व्यापरी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा भगवान राम र सीताको विवाह गर्ने प्रचलन छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top