मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद - 2018-02-25
१३ फागुन, काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका छन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको कोशियारीको टिप्पणी छ ।

राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार - 2018-01-23
काठमाडौं, माघ ९ – राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा चुनावका लागि तीनजना उम्मेद्वारको नाम टुंगो लगाएको छ ।

शेयर बजारसँगै कारोबार रकम पनि ओरालो - 2018-01-23
काठमाडौं, माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो ।

पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार - 2018-01-23
काठमाडौं, माघ ९ – पोइला जान पाउँ भन्दै गीत गाएर विवादमा परेकी लोक गायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रियसभाको उम्मेद्वार बनाएको छ ।

कुन प्रदेशमा कसको सरकार ? - 2018-01-22
काठमाडौं, माघ ८ – प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ । राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ ।

सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम - 2018-01-16
माघ २– नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सरकारले सत्ता लब्याउन खोजेको आरोप लगाउनुभएको छ ।मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले सत्ता नछाडे एमालेले आफै सरकार बनाएर सत्ता सञ्चालन गर्ने बताउनुभएको हो ।

दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय - 2018-01-16
काठमाडौं, माघ २ – गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ ।

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छ: उपराष्ट्रपति पुन - 2018-01-15
१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी - 2018-01-15
काठमाडौं, माघ १ । सरकारले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामा तोक्ने तयारी गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top