मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु - 2018-03-09
काठमाण्डौ ( तराईरमधेश जोडने दु्रतमार्ग ९फास्ट ट्रयाक० निर्माणको ब्यवस्थापकीय जिम्मेवारी पाएको नेपाली सेनाले पहिलो चरणको काम सुरु गरेको छ ।

तोकिएको समयभित्र काम नगर्नेलाई कडा कारबाही गर्छुः ओली - 2018-03-09
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध - 2018-03-09
२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता - 2018-03-07
काठमाडौं, फागुन २३ – वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको हो । भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ । त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता - 2018-03-07
काठमाडौं, फागुन २३ – नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गर्नु भएको हो । पूर्व सांसद समेत रहनु भएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित - 2018-03-05
काठमााडौं –कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो ।

पत्याउनै नसक्ने गरी पार्टी एकता हुन्छ : केपी ओली - 2018-03-05
काठमाडौं– प्रधानमन्त्री एव् एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीहरुले पत्याउनै नसक्ने गरी एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् । पार्टी कार्यलय धुम्बराहीमा सोमबार ४५ औं शहीद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै एमाले माओवादी एकता हुँदा सानो चित्त भएकाहरु छटपटिने दाबीसमेत गरेका छन् ।

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँछु : प्रधानमन्त्री ओली - 2018-03-02
१७ फाल्गुन/प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमा सबैसँग आग्रह गरे । उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजर गिर्न नहुने सुत्र पनि प्रस्तुत गरे ।

५ सयका ३८ वटा नक्कली नोटसहित ५ जना पक्राउ - 2018-02-27
१५ फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top