मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


धादिङमा चारवटा सवारी साधन आपसमा ठोक्किदा ट्रकमा आगलागि - 2018-05-02
वैशाख १९,धादिङको थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा सवारी साधनमा आगो लागेको छ । नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई सवारी साधन एकआपसमा ठक्कर खाँदा आगो लागेको बताईएको छ ।

श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो - 2018-05-02
सिरहा, वैशाख १९ – आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु - 2018-04-20
दमक (घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ "गुरुङ" रहेको छ ।

गुन्डा नाइके दीपक मनाङे जेल चलान - 2018-04-20
७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।

तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते - 2018-04-20
७ वैशाख, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।

८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए - 2018-04-20
७ बैशाख, बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता - 2018-04-08
२५ चैत, उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार - 2018-03-12
काठमाडौं, फागुन २८ – फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना - 2018-03-12
काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top