मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


काठमाडौंको काँडाघारीबाट बालकको अपहरण - 2018-08-06
काठमाडौं – काडाँघारीबाट एक बालकको अपहरण भएको छ । सिन्धुपाल्चोक घर भइ काडाँघारीमा बस्ने ११ वर्षका निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण - 2018-07-26
पाल्पा ( सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानी महल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

सरकार र गोविन्द केसी पक्षबीच पुनः वार्ता हुँदै, नेम्वाङ भन्छन् – आजै सहमति - 2018-07-26
बुधबार साँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः ट्रयाकमा आएको हो ।

सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने - 2018-05-04
काठमाडौं-सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले रुट परमिट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने तयारी गरेको हो । विभागका निर्देशक तुल्सीराम अर्यालले विभिन्न स्थानमा अनुगमन भईरहेको भन्दै लागत संकलन पछि संचालन नभएका सवारी साधनको रुट परमिट खारेज गरिने बताए ।

साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण - 2018-05-04
काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उहाँ २ वर्ष देखि बन्दी जीवन बिताइरहेका छन् ।

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस् - 2018-05-03
काठमाडाैं, वैशाख २० – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ ।

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस - 2018-05-03
२० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।

​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ - 2018-05-02
मोरङ, वैशाख १९ – महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अस्पताल प्युठानमा सुत्केरीको मृत्यु, अस्पतालमा तोडफोड - 2018-05-02
प्यूठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एकजना सुत्केरी महिलाको गएराति मृत्यु भएको छ । मंगलबार बिहान जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ की राधिका धामीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्य भएलगत्तै आक्रोशित मृतकका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top