मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बैशाख ३१ गते चुनाव हुने २८३ स्थानीय तहमा कति उम्मेद्वार ? - 2017-05-08
काठमाडौं, बैशाख २५ – बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा जम्मा ४९ हजार ३३७ उम्मेद्वार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि उम्मेद्वारको संख्या ४९ हजार ३३७ कायम भएको जानकारी गराए ।

भारतीय नाका हुँदै अरब लान खोजिएका ६ महिलाको उद्दार - 2017-05-07
बाँके, वैशाख २४ – भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी ६ जना महिलालाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

झापामा एक कैदीको मृत्यु - 2017-05-03
२० बैशाख, झापा । जिल्ला कारागार झापामा रहेकी एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

रौतहटको एभरेष्ट मदिरा उद्योगमा आगलागी - 2017-05-02
१९ रौतहट, वैशाख । रौतहटको दुर्गा भगवती गाँउपालिकास्थित एक डिस्टीलरी उद्योगमा भएको आगलागीमा मेसिनसहित करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको छ ।

निर्वाचन अधिकृतद्वारा आत्महत्याको प्रयास - 2017-05-02
रसुवा, वैशाख १९ – रसुवामा खटिएका एकजना निर्वाचन अधिकृतले आत्महत्याको प्रयास गरेका छन् । कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष कुमार गिरीले सोमबार राति आत्महत्याको प्रयास गरेका हुन् ।

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ - 2017-05-02
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका – ६ बाट मानव खप्परसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दार्जिलिङ जिल्ला खोरीवारी थाना गौरसिंहजोर– ६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्पर सहित सोमवार राति पक्राउ परेका हुन् ।

बोकाले हानेर १२ जना घाइते, तत्काल बोका ब्यवस्थापन गर्नुपर्ने माग - 2017-05-01
धनकुटा, वैशाख १८ – धनकुटाको निशान देवी मन्दिरको नाममा छाडिएको देउते कालो बोकाले हानेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।

पर्दा पछाडीका ‘धुर्मुस’, जसले एक्लो प्रयासमा बनाए ५५ घर - 2017-04-21
८ वैशाख, काठमाडौं । गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ ।

मधेस केन्द्रीत दलद्वारा संसद बैठक बहिष्कार - 2017-04-20
काठमाडौं, बैशाख ७–मधेस केन्द्रीत दलले विहिबारको व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । सरकारले संविधान दोश्रो संसोधन प्रस्ताव दर्ता गरे यता निरन्तर बैठक बहिष्कार गर्दे आएका मधेस केन्द्रीत दलले सरकारले सो प्रस्ताव फिर्ता गरी अर्को दर्ता गरेपछि पनि बैठक बहिष्कारलाई निरन्तरता दिएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top