मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु - 2017-05-15
कालिकोट, जेठ १ – कालिकोटमा झडपमा परी राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मा वडाअध्यक्षका उम्मेदवार ४५ वर्षिय बटालालाई नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा हिजो भएको झडपमा प्रहरीले चलाएको गोली लागेको थियो ।

मतदान गरेर घुम्न निस्किएका एक युवकको तनहुँमा हत्या - 2017-05-14
३१ बैशाख, दमौली । तनहुँको व्यास नगरपालिकामा आइतबार एकजनाको हत्या भएको छ । व्यास नगरपालिका वडा नम्बर १ का विक्रम परियारको अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।

ताप्लेजुङमा एक युवकको हत्या - 2017-05-14
३१ बैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा आइतबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । ताप्लेजुङ नगरपालिका ७ स्थित दोखु जाने बाटोमा खुकुरी प्रहारबाट फुरुम्बु–१ का टाइगर भनिने २६ वर्षीय सबाहाङ लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडाको अनुसन्धान गर्न ल्याइएका आरोपित प्रहरीको शौचालयमा मृत भेटिए - 2017-05-12
प्यूठान, वैशाख २९ – इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा एक जना ब्यक्ति मृत फेला परेका छन् । स्वर्गद्वारी नगरपालिका–५ निवासी भुपेन्द्र गिरी बिहीबार राति मृत फेला परेका हुन् । घरायसी झगडामा अनुसन्धान गर्न भनि ल्याइएका ब्यक्ति शौचालयमा मृत भेटिनु रहस्यमय बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

सिरहाको यातायात कार्यालयमा शक्तिशाली बम बिस्फोट - 2017-05-11
सिरहा, वैशाख २८ – नचिननेका मान्छेको समूहले सिरहाको लहानस्थित अञ्चल यातायात व्यवस्था कार्यालयमा शक्तिशाली कुकर बम बिस्फोट गराएको छ । बिहीबार दिउँसो १२ बजे यातायात कार्यालयमामा बम विस्फोट भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । बिस्फोटले गर्दा शौचालयको भित्ता चर्किएको छ । झ्यालका सिसाहरु फुटेका छन् ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३४ घाइते - 2017-05-11
काठमाडौं, वैशाख २८ – सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाका लागि छुटेको बा ३ ख ५०५६ नम्बरको बस खाडीचौर नजिक तीन किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

चट्याङ लागेर चितवनमा एक उम्मेदवारको मृत्यु - 2017-05-09
चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको ज्यान गएको छ । चितवन कालिका नगरपालिका वडा नं। ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।

एक युवकको हत्या, हात खुट्टा र मुख बाँधेर रुखमा झुण्ड्याइएको - 2017-05-09
रुपन्देही, वैशाख २६ – गुल्मीको बलेटक्सारका २५ वर्षका दामोदर केसी रुपन्देहीमा मृत भेटिएका छन् । हात खुट्टा र मुख बाँधेर रुखमा झुण्डाइएको अबस्थामा सैनामैना-११ मा रहेको बगौली जंगलमा शव भेटिएको हो ।

मोटरसाइकल दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु - 2017-05-08
नवलपरासी, वैशाख २५ – नवलपरासीको रामग्राम नगरपालिका-१० मन्झरियामा भएको मोटरसाइकल दुर्घटनामा एकजना म्यादी प्रहरीको ज्यान गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top