मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भरतपुरमा १६ हजार मत गन्न बाँकी हुँदा कुन दलको मत कति ? - 2017-05-27
चितवन, जेठ १३ – भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको छ । १४ जना प्रमुख र १३ जना उपप्रमुखका उम्मेद्वार रहेका छन् । भरतपुरमा १६ हजार एक सय ५० मत गणना हुन बाँकी रहेको छ । भरतपुर महानगरपालिकाको अब गन्न बाँकी मत वडा नम्बर १८ मा ३ हजार ५ सय ६८, वडा नम्बर १९ मा २ हजार ८ सय ६०, वडा नम्बर २० मा ३ हजार ३ सय २, वडा नम्बर २१ मा ३ हजार ५ सय ६८, वडा नम्बर २२ मा २ हजार ८ सय ५२ रहेको छ ।

निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन - 2017-05-26
तेज बन र इटहरी – आगामी जेष्ठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनमा कुनै प्रकारको अपराधिक गतिविधी हुन नदिन सुनसरीको बिभिन्न क्षेत्रहरूमा सेना परिचालन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरी , निर्वाचन कार्यालयका प्रमुख तथा शरक्षा निकायहरूका प्रमुखबिच सहमति पश्चात सुनसरीमा सेना परिचालन गरिएको हो ।

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी - 2017-05-26
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।

आन्दोलनमा जाने राजपाको निष्कर्ष - 2017-05-26
काठमाडौं, जेठ १२– मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निष्कर्षमा पुगेको छ ।

भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे - 2017-05-25
स्थानिय तहको चुनावमा नुवाकोटको किस्पाङ गाउपालिकामामा नेपाली कांग्रेसका उम्मेदवार लाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बांधेर कुटपिट गरिएको छ ।

माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति खत्री ६ दिनदेखि बेपत्ता ! - 2017-05-25
११ जेठ, नेपालगन्ज । दोस्रो चरणको स्थानीय चुनाव नजिकिदै जाँदा आफ्नो पक्षधरलाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि सम्पर्कबिहीन भएका छन् ।

भरतपुरको मत गणना रोचक मोडमाः देवीको अग्रता घटाउँदै रेणु ! - 2017-05-24
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना र परीणाम रोचक मोडमा पुगेको छ । अहिलेसम्म महानगरका १७ वटा वडा गणना सकिँदासम्म एमालेले १० वटा जितेको छ भने कांग्रेसले ५ र माओवादीले एक र माओवादीबाट कारवाही भोगेका तर, माओवादीको चिन्हबाट चुनाव लडेका एकले वडाध्यक्ष जितेका छन् ।

हेटौँडा ८ मा २८ सय मत गनियो ,एमालेको अग्रता फराकिलो - 2017-05-22
स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ८ को हाल मतगणना जारी रहेको छ । ताजा अवस्थामा नेकपा एमालेले ठुलो अन्तर कायम गरेको छ ।

हेटौँडा–८ को २१ सय मतगणना, वडामा एमाले धेरै अगाडी - 2017-05-22
हेटौँडा उपमहानगरपालिका वडा नं ८ को २ हजार मतगणनाको परिणाम सार्वजनिक भएको छ । २ हजार मतगणना हुँदासम्म ३ वटै मुख्य पदमा एमालेको अग्रता छ । हेर्नुस् कस्को मत कतिर ?

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top