मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मतदानपछि उपेन्द्र यादवले भने-राजपाले चुनावी ‘लडाइँ’ गुमायो - 2017-06-28
१४ असार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।

पाल्पामा मतदानका लागि जादै गर्दा एकजनाको बाटोमै मृत्यु - 2017-06-28
पाल्पा, असार १४ – पाल्पाको राम आधारभूत विद्यालय बगनाशकाली केन्द्रमा मतदानका लागि जाने क्रममा ६२ वर्षकी कृष्णकुमारी कुमालको ज्यान गएको छ ।

मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु - 2017-06-28
झापा, असार १४ – झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो ।

नारायणगढ–मुग्लिन सडक दिउँसोमा बन्द नहुने, मतदान गर्न जाने यात्रुलाई सहज - 2017-06-26
चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ ।

भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए - 2017-06-26
असार १२ – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै - 2017-06-26
असार १२ – लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘पहिले सुनौं’ भन्ने तय गरिएको छ ।

युवतीलाई सामूहिक बलात्कार गर्ने चार युवक पक्राउ - 2017-06-23
महोत्तरी, असार ९ – महोत्तरी जिल्लाको औरही गाउँपालिका(२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका(२ बस्ने २२ वर्षका सुनिल साह, २० वर्षका अनिकेत यादव, २१ वर्षका रमेश पञ्जियार र २० वर्षका सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ मा, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म - 2017-06-23
काठमाडौं, असार ९ – गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए ।

मतदान केन्द्रमा धमाधम मतपेटिका पठाईंदै - 2017-06-23
खोटाङ, असार ९– स्थानीय तहको चुनावका लागि खोटाङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको एकसय ३६ मतदान स्थलका एकसय ७३ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top