मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी - 2018-08-14
नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४(७५ मा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको थियो तर यो रकम अझै बढ्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग - 2018-08-08
–मेची महाकाली विद्युतीय रेलमार्ग विस्तार गर्दा बजार क्षेत्र धेरै परेपछि बुटवलमा लाइओभर’ अर्थात आकाशे पुल बनाइने भएको छ । स्थानीयले घना वस्ती उठाउन नदिने अडान लिएपछि चिनियाँ कम्पनी सिवानले आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार गरेको हो ।

दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार - 2018-08-08
श्रावण २३, २०७५ गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएर घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

गैरआवासीय राजदूत नियुक्त - 2018-08-08
काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो - 2018-08-08
२३ साउन, काठमाडौं । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ ।

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ? - 2018-08-08
२३ साउन, काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।

विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ - 2018-08-08
२३ साउन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।

जनप्रतिनिधिको निधनपछिको रिक्तता : स्थानीय तहमा उपनिर्वाचन गराउन कानुन छैन, सरकार नै अन्यौलमा - 2018-08-06
जनप्रतिनिधिको निधनपछिको रिक्तता : स्थानीय तहमा उपनिर्वाचन गराउन कानुन छैन, सरकार नै अन्यौलमा

पर्वतमा बस दुर्घटना हुँदा १९ जना घाइते - 2018-08-06
पर्वत – जोमसोमका लागि छुटेको यात्रुबहाक बस पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतको बेतेनीमा दुर्घटना भएको छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top