मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज - 2017-07-22
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज - 2017-07-22
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने - 2017-07-21
काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही दिन मनसुन सक्रिय भइ देशभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले सोलुखुम्बु, ओखलढुंगा लगायत पूर्वी पहाडी क्षेत्रमा पानी परिरहेको छ ।

महाराजगञ्ज–पानीपोखरी सडकखण्डको खाल्डोमा कार खस्यो - 2017-07-20
काठमाडौं, साउन ५ – काठमाडौंको महाराजगञ्ज पानीपोखरी सडकखण्डको खाल्डोमा निजी कार खसेको छ । निर्मल निवास अगाडि मेलम्ची आयोजनाले बनाएको खाल्डोमा बिहीबार बिहान चार बजेतिर बा ४ च २४५१ नम्बरको कार खसेको प्रहरीले जनाएको छ ।

हिलो सडकमा चिप्लिएर खोल्सामा खसेका एकजनाको मृत्यु - 2017-07-18
दैलेख, साउन ३ – आठबीस नगरपालिका-१ सात्तलाका ३८ वर्षका टेकराज जैसीको हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गएको छ । खम्बडाँडाबाट एक्लै घर जाने क्रममा सोमबार बेलुका पाफेखोलामा खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

पार्टीलाई अन्तरघात गरेको भन्दै एमालेका १७ जना निष्कासित - 2017-07-18
बैतडी, साउन ३ – नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पदमा बसेर पार्टीलाई अन्तरघात गरेको भन्दै १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाहस् गरेको जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो ।

६ वर्षिया बालिकामाथि बलात्कार, ८४ वर्षे वृद्ध पक्राउ - 2017-07-18
दोलखा, साउन २ – दोलखामा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ परेका छन् ।

पैसा कति चाहिन्छ दिन्छु, तर सडकमा खाल्डा देखिनु भएन : देउवा - 2017-07-16
काठमाडौं, साउन १ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न निर्देशन दिनुभएको छ । डक विभाग, खानेपानी तथा सरसफाइ मन्त्रालय, ढल विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयका जिम्मेवारी व्यक्तिलाई सिंहदरबार बोलाएर देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

राजधानी : एउटी छात्रा परिन् सडकको खाल्डोमा, धन्न जोगियो ज्यान - 2017-07-15
काठमाडौं, असार ३१ – काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भयो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमै भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top