मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने - 2017-09-22
६ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठिकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता - 2017-08-09
रौतहटको चन्द्रपुर नगरपालिका–२ रैया टोलका तीनजना बालिकाहरु हराइरहेका छन्। स्थानीय शंकर परियारका छोरीहरु १२ वर्षीया सरस्वती परियार, ९ वर्षीया रोजिना परियार दुई सातादेखि बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा छिमेकी १२ वर्षीया सिसम राई पनि रहेको परिवारले बताएका छन्।

डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत - 2017-08-05
डोटी, साउन २१ – डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो ।

भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम - 2017-08-05
चितवन, साउन २१ – भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।

कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक - 2017-08-04
काठमाडौं, साउन २० – कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम - 2017-08-04
चितवन, साउन २० – भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा भैरहेको पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको छ । अहिलेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ ।

धादिङकमा पुलबाट गाडी खस्यो, चालकसहित ३ घाइते - 2017-08-01
१७ साउन, धादिङ । बेनिघाट रोराङ गाउँपालिकास्थित हुग्दीखोला पुलबाट गाडी खसेको छ । काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना ६ ख ४७३८ नं को डिब्बा गाडी मंगलबार खसेको हो । डिब्बा गाडीले ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

दाङमा नहरको बाँधमा एकजनाको शव भेटियो - 2017-08-01
दाङ, साउन १७ – सिंचाई नहरले बगाएर ल्याएको अवस्थामा दाङको देउखुरीमा एक महिलाको शव भेटिएको छ । राप्ति नदीको पानी आउने प्रगन्ना सिंचाई आयोजनाको बाँधमा अड्किएको अवस्थामा अन्दाजी ३० वर्षकी महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ । राप्ति गाउँपालिका–१ मा भेटिएको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु - 2017-07-30
१५ साउन, भोजपुर । अरुण गाउँपालिका(३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा अनुसन्धान गति सुस्त भएकोमा चौतर्फी बिरोध हुन थालेपछि शनिबारदेखि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top