मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

राष्ट्रिय समाचार

संसदमा हंगामा


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

संसदमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्न रोष्टममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नारावाजी गरे ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएपछि उनीहरुले रोष्टम घेराउ गरेका थिए ।रोष्टममा प्रधानमन्त्री ओली उभिरहँदा विपक्षी सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारावाजी गरेका थिए ।

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो युरोप भ्रमणबारे पनि संसदलाई जानकारी दिनुका साथै विवादित मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम थियो ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पाँच वर्ष चल्ने सरकार निर्माणका लागि वाम गठबन्धन : दाहाल - 2017-11-16
कात्तिक ३० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखिको राजनीतिक भुमरी अन्त्य गर्न वाम गठबन्धन बनाइएको जिकिर गरेका छन् ।

कांग्रेसले बहुमत ल्याउँछ, चुनावपछि आफैं प्रधानमन्त्री बन्छु : प्रधानमन्त्री देउवा - 2017-11-16
कैलाली, कात्तिक ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।ज्योतिषले आफूलाई सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको भन्दै उनले अझै तीनपटक प्रधानमन्त्री हुने जिकिर गरे ।

हिन्दूराष्ट्रको माग गर्दै राप्रपा राष्ट्रवादीद्वारा पशुपतिमा विशेष पूजा - 2017-11-13
काठमाडौं, कात्तिक २७ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दूराष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।

बूढीगन्डकी जलविद्युत्त आयोजनाको निर्माणसम्बन्धी सम्झौता खारेज - 2017-11-13
काठमाडौं, कात्तिक २७ । बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय सरकारले खारेज गरेको छ ।

लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नहोस् : यादव - 2017-11-12
कात्तिक २६ । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराएका छन् ।

तरकारीको मूल्यबृद्धि नियन्त्रणका लागि नियमित अनुगमन गर्न मन्त्रिपरिषद कार्यालयको निर्देशन - 2017-11-12
काठमाडौं, कात्तिक २६ । केही समययता तरकारीमा बढेको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले नियमित अनुगमनलाई निरन्तरता दिने भएको छ ।

अध्यादेशलाई ऐनको रुप दिन डा. केसीको आग्रह - 2017-11-12
कार्तिक २६, २०७४- त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

वाम गठबन्धनबाट देशले सुख पाउँदैन : रवीन्द्र मिश्र - 2017-11-12
काठमाडौं, कात्तिक २६ – विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौंको क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले वाम गठबन्धनबाट देशले सुख नपाउने बताउनुभएको छ ।

वर्षमान पुनलाई लक्षित गरी फेरि गोली प्रहार - 2017-11-12
कात्तिक २६ – माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ ।दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top