मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हृदयघातबाट प्रकाश दाहालको निधन, झापाबाट प्रचण्ड अस्पताल पुग्दै - 2017-11-19
काठमाडौं, मंसिर ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले गर्नुभएको हो ।

प्रकाशको अन्तिम संवाद बुवा प्रचण्डसँग - 2017-11-19
काठमाण्डौ / माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त, माओवादीका शीर्ष नेता–कार्यकर्ता, सुरक्षाकर्मी एवम् संचारकर्मीको भीँड लागेको छ ।

सर्लाहीमा गोली लागेर एकजना घाइते - 2017-11-19
सर्लाही, मंसिर ३ – अपरिचित व्यक्तिले हानेको गोली लागेर सर्लाहीको रामनगर गाउँपालिका–४ मा शनिबार बिहान एकजना घाइते भएका छन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन - 2017-11-19
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आज विहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा विहान साढे ५ वजे उनको निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

रौतहटमा बम विस्फोटमा परी ८ जना घाइते - 2017-11-18
रौतहट, मंसिर २ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक शनिबार गराइएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन् ।वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिनेक्रममा बम विस्फोट गराइएको थियो ।

निर्वाचन सुरक्षामा गम्भीर प्रश्न, नेताहरु आरोप–प्रत्यारोपमा - 2017-11-18
काठमाडौं, मंसिर २ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले मुलुकभरको सुरक्षा अवस्था सुदृढ तुल्याएको दाबी गरिरहँदा उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् । उम्मेदवारमाथि ठाउँठाउँमा आक्रमण हुँदा मुख्य दलहरु भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् भने सुरक्षा निकायले यसलाई अझै सामान्यरुपमा लिएको छ ।

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु - 2017-11-17
झापा, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कांग्रेस नेता महतको चुनावी प्रचारमा लगेको गाडी एम्बुसमा, ५ जना घाइते - 2017-11-17
मंसिर १ – कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार डाक्टर रामशरण महतको प्रचारमा रहेको गाडी एम्बुसमा परेर पल्टिँदा पाँच जना घाइते भएका छन् ।

राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाको तयारी शून्य - 2017-11-17
काठमाडौं, मंसिर १ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशको राजधानी र प्रमुख तोकिएको छैन । प्रदेशको राजधानी र प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभा बस्ने ठाउँ तथा संघीयता कार्यान्वयनसँग जोडिएका अरु विषय अन्योलमा परेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top