मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार - 2018-01-23
काठमाडौं, माघ ९ – पोइला जान पाउँ भन्दै गीत गाएर विवादमा परेकी लोक गायिका कोमल वलीलाई नेकपा एमालेले राष्ट्रियसभाको उम्मेद्वार बनाएको छ ।

कुन प्रदेशमा कसको सरकार ? - 2018-01-22
काठमाडौं, माघ ८ – प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ । राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ ।

सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम - 2018-01-16
माघ २– नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सरकारले सत्ता लब्याउन खोजेको आरोप लगाउनुभएको छ ।मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले सत्ता नछाडे एमालेले आफै सरकार बनाएर सत्ता सञ्चालन गर्ने बताउनुभएको हो ।

दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय - 2018-01-16
काठमाडौं, माघ २ – गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ ।

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छ: उपराष्ट्रपति पुन - 2018-01-15
१ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी - 2018-01-15
काठमाडौं, माघ १ । सरकारले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामा तोक्ने तयारी गरेको छ ।

राष्ट्रियसभामा यसरी हुँदैछ एमाले माओवादी भागबण्डा - 2018-01-15
माघ ३ गतेभित्र कार्यदलले ५६ सिटको बाँडफाँट टुंग्याउने १ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले माघ ३ गते राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउने भएका छन् । बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले बताए ।

काँग्रेसमा राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल - 2018-01-15
काठमाडौं, माघ १ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ ।

प्रदेश प्रमुख नतोकिएपछि आयोगले बोलायो पाँच दलको बैठक - 2018-01-14
काठमाडौं, पुस ३० – राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top