मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गुन्डा नाइके दीपक मनाङे जेल चलान - 2018-04-20
७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।

तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते - 2018-04-20
७ वैशाख, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।

८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए - 2018-04-20
७ बैशाख, बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता - 2018-04-08
२५ चैत, उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार - 2018-03-12
काठमाडौं, फागुन २८ – फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना - 2018-03-12
काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।

फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु - 2018-03-09
काठमाण्डौ ( तराईरमधेश जोडने दु्रतमार्ग ९फास्ट ट्रयाक० निर्माणको ब्यवस्थापकीय जिम्मेवारी पाएको नेपाली सेनाले पहिलो चरणको काम सुरु गरेको छ ।

तोकिएको समयभित्र काम नगर्नेलाई कडा कारबाही गर्छुः ओली - 2018-03-09
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध - 2018-03-09
२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top