मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चार महानगरपालिकाको मत परिणाम - 2017-05-21
चार महानगरपालिकाको मत परिणाम

हेटौंडा उपमहानगरपालिका ४ नम्बरको १६०० मतगाणना हुँदाको ताजा मत परिणाम - 2017-05-19
हेटौंडा उपमहानगरपालिका ४ नम्बरको १६०० मतगाणना हुँदाको ताजा मत परिणाम

अपडेट : थाहा नगर ११ मा एमालेका उम्मेदवार बल बिजयी - 2017-05-16
२ जेठ र स्थानीय निर्वाचन अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ११ को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार किरणमान बल बिजयी भएको हो ।

थाहा नगरपालिकाको हाल सम्मको मेयर र उपमेयरको ताजा नतिजा - 2017-05-16
थाहा नगरपालिकाको हाल सम्मको मेयर र उपमेयरको ताजा नतिजा

थाहामा एमाले २ र माओवादी केन्द्र १ स्थानमा विजयी, एमालेको अग्रता कायमै - 2017-05-16
थाहा महानगरको तीन ओटा वडामा मत गणना सम्पन्न भएको छ । वडा नम्बर ५ मा नेकपा एमालेका विष्णुबहादुर गुरुङ, वडा नम्बर १० मा नेकपा एमालेकै हिराबहादुर गमाल र वडा नम्बर ८ मा माओवादी केन्द्रका टिकाराम रुम्बा विजयी भएका छन ।

थाहा नगरपालिका १० मा एमालेको अग्रता कायमै - 2017-05-15
मकवानपुरको एकमात्र नगरपालिका थाहा नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । थाहा नगरकै ५ नम्बर वडाबाट आफ्नो खाता खोलेको एमालेले १० मा पनि आफ्नो अग्रतालाई निरन्तरता दिईरहेको छ । यस्तो छ मत परिणाम...

प्रहरीको गोली लागेर राप्रपाका उम्मेदवारको मृत्यु - 2017-05-15
कालिकोट, जेठ १ – कालिकोटमा झडपमा परी राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मा वडाअध्यक्षका उम्मेदवार ४५ वर्षिय बटालालाई नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा हिजो भएको झडपमा प्रहरीले चलाएको गोली लागेको थियो ।

मतदान गरेर घुम्न निस्किएका एक युवकको तनहुँमा हत्या - 2017-05-14
३१ बैशाख, दमौली । तनहुँको व्यास नगरपालिकामा आइतबार एकजनाको हत्या भएको छ । व्यास नगरपालिका वडा नम्बर १ का विक्रम परियारको अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।

ताप्लेजुङमा एक युवकको हत्या - 2017-05-14
३१ बैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाममा आइतबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । ताप्लेजुङ नगरपालिका ७ स्थित दोखु जाने बाटोमा खुकुरी प्रहारबाट फुरुम्बु–१ का टाइगर भनिने २६ वर्षीय सबाहाङ लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top