मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आन्दोलनमा जाने राजपाको निष्कर्ष - 2017-05-26
काठमाडौं, जेठ १२– मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निष्कर्षमा पुगेको छ ।

भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे - 2017-05-25
स्थानिय तहको चुनावमा नुवाकोटको किस्पाङ गाउपालिकामामा नेपाली कांग्रेसका उम्मेदवार लाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बांधेर कुटपिट गरिएको छ ।

माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति खत्री ६ दिनदेखि बेपत्ता ! - 2017-05-25
११ जेठ, नेपालगन्ज । दोस्रो चरणको स्थानीय चुनाव नजिकिदै जाँदा आफ्नो पक्षधरलाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि सम्पर्कबिहीन भएका छन् ।

भरतपुरको मत गणना रोचक मोडमाः देवीको अग्रता घटाउँदै रेणु ! - 2017-05-24
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना र परीणाम रोचक मोडमा पुगेको छ । अहिलेसम्म महानगरका १७ वटा वडा गणना सकिँदासम्म एमालेले १० वटा जितेको छ भने कांग्रेसले ५ र माओवादीले एक र माओवादीबाट कारवाही भोगेका तर, माओवादीको चिन्हबाट चुनाव लडेका एकले वडाध्यक्ष जितेका छन् ।

हेटौँडा ८ मा २८ सय मत गनियो ,एमालेको अग्रता फराकिलो - 2017-05-22
स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ८ को हाल मतगणना जारी रहेको छ । ताजा अवस्थामा नेकपा एमालेले ठुलो अन्तर कायम गरेको छ ।

हेटौँडा–८ को २१ सय मतगणना, वडामा एमाले धेरै अगाडी - 2017-05-22
हेटौँडा उपमहानगरपालिका वडा नं ८ को २ हजार मतगणनाको परिणाम सार्वजनिक भएको छ । २ हजार मतगणना हुँदासम्म ३ वटै मुख्य पदमा एमालेको अग्रता छ । हेर्नुस् कस्को मत कतिर ?

अहिलेसम्मको नतिजाः प्रमुख पदमा कुन दलको कति ? - 2017-05-22
पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु :

स्थानीय निर्वाचन नतिजा अन्तिम चरणमा स् ९४९ जना पुरुष निर्वाचित हुँदा महिला भने ३३९ जनामात्रै - 2017-05-21
काठमाडौ, जेठ ७ – बैशाख ३१ मा भएको तीन प्रदेशका ३४ जिल्लाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनको २६२ तहको प्रमुख उपप्रमुखसहित वडाअध्यक्ष र सदस्यहरुको नतिजा आइसकेको छ भने बाँकी २१ तहको आउने क्रम जारी छ ।

पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा - 2017-05-21
पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजा

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top