मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने - 2017-06-03
काठमाडौं, जेठ २० – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को एक केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ ।

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो - 2017-06-01
८ जेठ, चितवन । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे - 2017-06-01
१८ जेठ, चितवन । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समूह पक्राउ ! - 2017-06-01
डोटी, जेठ १८ – बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका(८ मा लालबहादुर आउजीलाई अपरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिएको छ ।

भरतपुरमा च्यातिएका मतपत्र गन्ने तयारी - 2017-06-01
चितवन, जेठ १८ – चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ ।

संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा - 2017-06-01
काठमाडौं, जेठ १७– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

भरतपुरको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता - 2017-05-31
चितवन, जेठ १७ – भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको हो ।

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ - 2017-05-30
१६ जेठ, रौतहट । दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते - 2017-05-30
१६ जेठ, काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको 'स्काइ ट्रक' विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top