मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गृहमन्त्री शर्माद्वारा संसदमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी, पीडितलाई राहत दिइने - 2017-07-05
काठमाडौं, असार २१ – गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पु¥याएको क्षतिबारे संसदमा जानकारी दिनुभएको छ । संसदको बुधबारको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गर्नुभयो ।

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो , पेट्रोल, डिजेल र मटितेलमा २ प्रतिलिटर दुई रुपैया कम - 2017-07-03
असार १८,काठमाण्डौँ/ आयल निगमले आज आइतबार राती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि यहाँ पनि मुल्य घटाएको हो । निगमका बिक्री बितरण विभागका निर्देशक एवम् प्रबक्ता सिताराम पोखरेलका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ? एमाले अग्रता कायमै - 2017-07-03
प्रमुख पदमा विजयी नेपाली कांग्रेस नगरपालिका–२९, गाउँपालिका–६३ ९२)कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– दिलबहादुर ऐर ९१) ताप्लेजुङको सिदिङवा गाउँपालिका– नरबहादुर कडरिया ९०)मोरङको लेटाङ नगरपालिका– शंकर राई ८९)

कपिलवस्तुको शुद्धोधनमा ‘राजपा’ विजयी - 2017-07-03
कपिलवस्तु / पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित निकालेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् ।

प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते - 2017-06-28
काठमाडौं, असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ ।

दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी - 2017-06-28
१४ असार, घोराही । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

मतदानपछि उपेन्द्र यादवले भने-राजपाले चुनावी ‘लडाइँ’ गुमायो - 2017-06-28
१४ असार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।

पाल्पामा मतदानका लागि जादै गर्दा एकजनाको बाटोमै मृत्यु - 2017-06-28
पाल्पा, असार १४ – पाल्पाको राम आधारभूत विद्यालय बगनाशकाली केन्द्रमा मतदानका लागि जाने क्रममा ६२ वर्षकी कृष्णकुमारी कुमालको ज्यान गएको छ ।

मतपत्र लिएर भोट हाल्न छिरेका नरेन्द्रबहादुरको मृत्यु - 2017-06-28
झापा, असार १४ – झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको ज्यान गएको छ । दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको ज्यान गएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top