मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुर जिल्ला लागू औषधको चक्रब्यूहमा फसेको छ : प्रहरी उपरीक्षक सिंह     प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी      पशुपति नगर प्रहरी कार्यालयबाट लाखौं मुल्य बरावरको कपडा बरामद     सूचनाको हक सम्बन्धी बिधयकका सम्बन्धमा हेटौंडामा अन्तरक्रिया      पत्रकार महासंघ मकवानपुरद्धारा प्रशासनमा धर्ना      मकवानपुरमा बन्दमा कहाँ के भयो,यो पढ्नुहोस्      हेटौंडामा आएर यसो भने गृहमन्त्री थापाले      ज्वाला कारगार चलान      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु      प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु     कांग्रेसले गर्याे संसद् अवरोध   

राष्ट्रिय समाचार

कांग्रेसले गर्याे संसद् अवरोध


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
काठमाडौँ

कांग्रेसले गर्याे संसद् अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


म लोकतन्त्रको लागि जेल बस्दा देउवा बेलायतका गल्लीमा हल्लिँदै थिए - ओली - 2017-11-03
– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाउनुभएको छ । मुलुकका वामपन्थीहरु एकजुट हुँदा कांग्रेसका केही नेताहरु पानी छम्किनु पर्नेगरि मुर्छा परेकोसमेत उहाँको आरोप छ ।

देशलाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने वाम गठबन्धनको दावी (चुनावी घोषणापत्रसहित) - 2017-11-03
काठमाडौं, कात्तिक १७ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउनेदेखि भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएका छन् ।

चुनाव रोक्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, अदालतकै कारण अब चुनाव नरोकिने - 2017-11-01
– सर्वोच्च अदालतले मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको चुनाव रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चुनाव रोक्न माग गर्दै परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले देश चुनावमा लागि सकेकाले चुनाव रोक्ने आदेश जारी गर्न अस्वीकार गरेको हो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ७७ वटै जिल्लामा रोक्का - 2017-10-31
काठमाडौं, कात्तिक १४ – निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्याइएको रकम रोक्का गर्न तथा कार्यक्रमहरू रद्द गर्न दिएको निर्देशनको पूर्ण पालना भएको जनाएको छ ।

प्रतिक्रियावादी राज्यसत्ता भन्दै गाडी चढे बालकृष्ण ढुंगेल - 2017-10-31
काठमाडौं, कात्तिक १४ – प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो ।

मतपत्र छपाइ स्थगित, चुनावबारेको आशंका झन् बढ्यो - 2017-10-27
– निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनुपर्ने हो । तर प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाइ नै स्थगित भएको छ । आयोगले मतपत्र छपाइ स्थगित भएकोबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । कार्यतालिका अनुसार नै काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । समानुपातिकतर्फको मतपत्र छपाइको काम थोरै बाँकी भएकाले त्यो सकिने बित्तिकै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने उहाँको भनाई छ । आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ बिहीबार सक्नुपर्ने हो । समानुपातिकको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी भैरहँदा सर्वोच्च अदालतको आदेशले आयोग नै अन्योलमा परेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्ने कामको प्रगति विवरण पेश गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशबारे आयोगका पदाधिकारीबिच छलफल भए पनि मतपत्र एउटै छाप्ने कि छुट्टाछुट्टै भन्नेबारे निर्णय हुन सकेको छैन । मतपत्र छुट्टाछुट्टै छाप्नुपर्ने अवस्था आएपनि चुनावको मितिलाई असर नपर्ने गरी काम हुने आयोगका पदाधिकारी बताउँछन् । तर सर्वोच्चको पत्र अझै प्राप्त नभएको भन्दै आयोगले मतपत्रबारे के गर्ने भनेर ठोस निर्णय गर्न सकेको छैन । आयोग नै अन्योलमा परेपछि चुनावबारेको आशंका झन् बढेको छ ।

मिथिलाञ्चलमा धुमधामसँग छठ पर्व मनाईँदै - 2017-10-26
मिथिलाञ्चलमा बिहीबार सूर्य देवता अर्थात दिननाथको पूजा आर्चना गरी धुमधामसँग छठ पर्व मनार्इँदैछ ।

सर्वोच्चको आदेशले मंसिर १० को चुनाव संकटमा - 2017-10-26
– प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ ।

पुनर्निर्माण प्राधिकरणमा तेस्रो सीईओ, भुसालसामु चुनौतीका चाङ - 2017-10-23
आसन्न चुनावपछि गठन हुने सरकारले उनलाई निरन्तरता देला ? भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तेस्रो प्रमुख कार्यकारी बनेका छन्, युवराज भुसाल । दुई वर्षमा तेस्रो प्रमुख पाएको छ, प्राधिकरणले । सुरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित डा. गोविन्द पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो । अध्यादेशमार्फत् भएको उक्त व्यवस्थाले निरन्तरता नपाएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई प्रमुख कार्यकारी बनायो । ओली सरकार ढलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि ज्ञवालीलाई हटाइयो र डा. पोखरेललाई सीईओ बनाइयो । आसन्न प्रदेश र संघीय संसदको चुनाव लड्ने महत्वाकांक्षाका कारण पोखरेलले राजीनामा दिएपछि भुसालको भाग्य खुलेको हो । यस हिसाबले ०७२, ०७३ र ०७४ सालमा हरेक वर्ष प्राधिकरणमा सीईओ फेरिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top