मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता     मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए     प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा     राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो     यसरी मनाइयो हेटौंडामा बातावरण दिवस      अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट   

राष्ट्रिय समाचार

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
बैशाख २१, २०७६

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढंगले अगाडि बढ्न चाहेको बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट गरे। उनले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी तथा कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरूको क्षमता अभिवृद्घि गराउन नीति तथा कार्यक्रममा थुप्रै व्यवस्था समेटिएको बताए। प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर विकास प्रयासमा सहभागी गराउने र सहकारीलाई पनि अघि बढाउने नीति लिएको बताए। नीति तथा कार्यक्रममा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजना आदिलाई कसरी अघि बढाउने भन्नेबारे नीति तथा कार्यक्रममा स्पष्टरूपमा आएको उनले बताए। प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार उन्मूलन तथा अपराध रोकथामलाई उच्च प्राथमिकता दिँदै सुशासनका माध्यमबाट सामाजिक न्याय प्रदान गर्ने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको बताए। प्रधानमन्त्री ओलीले विकास खर्च कम भएको कुरालाई स्वीकार गर्दै बाह्य पूँजी र प्रविधि सामेल गराउँदै विकास निर्माणका कामलाई तीव्रता दिने नीति लिइने बताए। नीति तथा कार्यक्रम कार्यान्वयनमा पत्रकारले उठाएको संशय सम्बन्धमा प्रधानमन्त्रीले भने, 'यसमा अस्पष्टता केही छैन, हामीले विकास खर्च बढ्न नसकेको स्वीकार गरेका छौँ, तर हामी असन्तुष्ट छैनौँ गति बढाउनु भने जरुरी छ।' 'उत्साहजनक ढङ्गले राजश्व अभिवृद्घि भएको वैदेशिक रोजगारबाट आउने विप्रेषण बढेको छ। अनियमितता रोकिएको छ।' उनले भने, 'कृषि उत्पादनमा वृद्घि भएको छ र आर्थिक वृद्घिदर ७ प्रतिशत हुनु उत्साहजनक मान्नुपर्छ। आन्तरिक बचत १५ प्रतिशतभन्दा बढी नभएकामा यसपटक २७ प्रतिशत भएको छ। ‘हाम्रा सबै प्रयासमा सबै ठाउँमा गति दिनुपर्ने अवस्था छ, प्रविधिको प्रयोगबाट पनि तीव्रता दिएर हामी कार्यान्वयन गरिछाड्छौं' प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसमा जसरी पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता छ, आफ्नो काम विरोध गर्ने हो विरोध गर्नुपर्छ भन्ने मान्यता राख्नु सही होइन। सहीलाई सही भन्नुपर्छ।' प्रधानमन्त्री भनाइ छ, 'जसो भने पनि विरोध गर्ने परिपाटी, राष्ट्रलाई विकासको बाटोमा अघि बढाउने कुरामा पनि विरोध गर्ने कुरा कसरी स्वीकार गर्न सकिन्छ, प्रधानमन्त्रीले प्रश्न गरे। सरकारले देशको सार्वभौमसत्ताको रक्षा, विकासका चाहना सम्बोधनमा गलत बाटो लिएको छ भने सरकार सच्याउन तयार छ तर सरकार देश विकासबाहेक अन्य कुरामा जनतालाई अल्मल्याउन चाहँदैन।’ ‘सरकार प्रभावकारी नीति व्यवहारमा लागू गर्न चाहन्छ। झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन’, प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्रीले भन्नुभयो 'केही मानिसले देशमा केही पनि नभएको, रित्तो छ भन्ने गरेका छन्, आलोचना गर्ने ठाउँ नभेटाएर हल्काफुल्का टिप्पणी गर्ने गरेका छन्, हामी त देश विकासका लागि सार्थक बहस चाहन्छौं।' राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा के यो राष्ट्रपतिको सरकार हो भनी पत्रकारले राखेको जिज्ञासामा मेरो देश, मेरो राष्ट्रिय गान भन्नु अरूको चैँ होइन भनेको होइन, देशको प्रमुखले भन्नु कुनै अनौठो होइन, भारत तथा अरू देशमा पनि ‘माई गभर्नमेन्ट’ भन्ने चलन छ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


देशभर १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण, पहिलेभन्दा दुई हजार कम - 2017-04-19
काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । बुधबार बसेको आयोगको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो ।

यसरी भएको थियो सार्वजनिक बसमै १४ बर्षिया किशोरीको बलात्कार - 2017-04-07
ललितपुर, २५ चैत– लतिलपुरको बालकुमारी बस्दै आएकी रिता थापा (नाम परिवर्तन) उमेरले भर्खर १४ बर्ष पुगिन् । एक साताअघि (२०७३ चैत १८ गते) कोठामा सामान्य निहुँमा उनका दाईले उनलाई गाली गरे । दाईको गालीको पिडा खप्न नसकेपछि बालकुमारी स्थित मुल सड्कमा उभिईरहेका बेला एउटा सार्वजनिक बस उनको सामुन्ने आएर अडियो । साँझ ८ बजेको थियो बसमा ड्राईभर मात्रै थिए, गाडी चालकले रितालाई सोधे, तिमी कहाँसम्म जाने म लगिदिन्छु ।’ उनले साथीको घरमा जान लागेको कुरा सुनाईन्, गाडी चालक सागर परियाले हुन्छ बस्’ भनेर गाडी चलाए । केही सेकेन्डमै उनले बालकुमारीकै एक होटल अगाडी गाडी रोके अनि खाना खाएर लगिदिने प्रस्ताव गरे । स्टाफ होटलमा खाना खाने क्रममा सागरले रितालाई पनि खाना खान आग्रह गरे ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित - 2017-04-07
हुम्ला, २५ चैत/तीन दिनको लगातार वर्षापछि शुकबवार बिहानबाट हुम्ला सदरमुकाम सिमकोटलगायत माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ । मंगलबारदेखि परेको हावाहुरी सहितको वर्षाले अत्याधिक जाडो बढेपछि शुक्रवार बिहानदेखि हिउँ जम्न थालेको छ ।

नवलपरासी त्रिबेणीमा भिषण आगलागी ३ घर जलेर नष्ट, पिडित महिलादृारा आत्महत्या - 2017-04-07
हेटौंडा एफएम, २५ चैत/त्रिबेणीसुस्ता गाऊपालिका साबिक वडा नं. ७ मा बिहीबार दिउसो सुमित्रा महतोको घरबाट सल्केको आगोले छिमेकी गिता न्योपाने र राजेन्द्र हरिजनको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । स्थानिय बालबालिकाहरुले सलाई बालेर रमाईलो गर्दा आगो लागेको र सो आगलागीबाट करिब १० लाख बराबरको नगद, गहना, लताकपडा, खाध्धान, महत्वपुर्ण कागजात लगायत समानहरु जलेर नष्ट भएको हो ।

करिश्माको स्टाटस झुठो ठहरियो, लाजले डिलिट भयो यो स्टाटस् - 2017-04-05
नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य तथा अभिनेत्री करिश्मा मानन्धर अहिले सामाजिक सन्जालमा चर्को आलोचना खेपिरहेकी छिन्। आइतबार दिउँसो निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले ‘यो देश खारेज गर’ भन्दै लगाएको नाराले सामाजिक संजालमा निकैनै तहल्का मच्चाएको थियो।

यस्तो बन्यो मुसहर बस्ती, वैशाख १ गते हस्तान्तरण - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/हास्य कलाकार दम्पती सीताराम कट्टेल "धुर्मुस" र कुञ्जना घिमिरे "सुन्तली" द्वारा निर्मित महोत्तरी बर्दिबासको मुसहर एकीकृत बस्तीको निर्माण पूरा भएको छ । र, वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने फाउन्डेसनले जनाएको छ ।

पत्यानुहुन्छ? १ रुपैयाँमा स्मार्टफोन पाइने - 2017-04-05
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ ९भारु० मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो ।

अनेक धन्दामा विमानस्थलका प्रहरी - 2017-04-05
विमानस्थलमा कार्यरत प्रहरीहरू पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ पर्दै आएका छन् । दुई महिनाअघि एसएसपी श्याम खत्री सुन तस्करी आरोपमा पक्राउ परेकोमा धरौटीमा छुटे ।

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ - 2017-04-05
काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top