मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता     मकवानपुरको राक्सिराङमा सडक खन्ने क्रममा पहिरोले दुईजना पुरिए     प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेद्वारा राजिनामा     राष्ट्रपति रनिङशिल्ड खेलकुदको हेटौंडा नगर छनौट सकियो     यसरी मनाइयो हेटौंडामा बातावरण दिवस      अस्पतालमा भर्नाभएका मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी ओलीको भेट   

राष्ट्रिय समाचार

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
बैशाख २१, २०७६

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढंगले अगाडि बढ्न चाहेको बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति तथा कार्यक्रम जनताका आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित रहेको स्पष्ट गरे। उनले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी तथा कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरूको क्षमता अभिवृद्घि गराउन नीति तथा कार्यक्रममा थुप्रै व्यवस्था समेटिएको बताए। प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर विकास प्रयासमा सहभागी गराउने र सहकारीलाई पनि अघि बढाउने नीति लिएको बताए। नीति तथा कार्यक्रममा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजना आदिलाई कसरी अघि बढाउने भन्नेबारे नीति तथा कार्यक्रममा स्पष्टरूपमा आएको उनले बताए। प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्ने, भ्रष्टाचार उन्मूलन तथा अपराध रोकथामलाई उच्च प्राथमिकता दिँदै सुशासनका माध्यमबाट सामाजिक न्याय प्रदान गर्ने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको बताए। प्रधानमन्त्री ओलीले विकास खर्च कम भएको कुरालाई स्वीकार गर्दै बाह्य पूँजी र प्रविधि सामेल गराउँदै विकास निर्माणका कामलाई तीव्रता दिने नीति लिइने बताए। नीति तथा कार्यक्रम कार्यान्वयनमा पत्रकारले उठाएको संशय सम्बन्धमा प्रधानमन्त्रीले भने, 'यसमा अस्पष्टता केही छैन, हामीले विकास खर्च बढ्न नसकेको स्वीकार गरेका छौँ, तर हामी असन्तुष्ट छैनौँ गति बढाउनु भने जरुरी छ।' 'उत्साहजनक ढङ्गले राजश्व अभिवृद्घि भएको वैदेशिक रोजगारबाट आउने विप्रेषण बढेको छ। अनियमितता रोकिएको छ।' उनले भने, 'कृषि उत्पादनमा वृद्घि भएको छ र आर्थिक वृद्घिदर ७ प्रतिशत हुनु उत्साहजनक मान्नुपर्छ। आन्तरिक बचत १५ प्रतिशतभन्दा बढी नभएकामा यसपटक २७ प्रतिशत भएको छ। ‘हाम्रा सबै प्रयासमा सबै ठाउँमा गति दिनुपर्ने अवस्था छ, प्रविधिको प्रयोगबाट पनि तीव्रता दिएर हामी कार्यान्वयन गरिछाड्छौं' प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसमा जसरी पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता छ, आफ्नो काम विरोध गर्ने हो विरोध गर्नुपर्छ भन्ने मान्यता राख्नु सही होइन। सहीलाई सही भन्नुपर्छ।' प्रधानमन्त्री भनाइ छ, 'जसो भने पनि विरोध गर्ने परिपाटी, राष्ट्रलाई विकासको बाटोमा अघि बढाउने कुरामा पनि विरोध गर्ने कुरा कसरी स्वीकार गर्न सकिन्छ, प्रधानमन्त्रीले प्रश्न गरे। सरकारले देशको सार्वभौमसत्ताको रक्षा, विकासका चाहना सम्बोधनमा गलत बाटो लिएको छ भने सरकार सच्याउन तयार छ तर सरकार देश विकासबाहेक अन्य कुरामा जनतालाई अल्मल्याउन चाहँदैन।’ ‘सरकार प्रभावकारी नीति व्यवहारमा लागू गर्न चाहन्छ। झुट बोल्ने र अल्मल्याउने काममा सरकार लाग्दैन’, प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्रीले भन्नुभयो 'केही मानिसले देशमा केही पनि नभएको, रित्तो छ भन्ने गरेका छन्, आलोचना गर्ने ठाउँ नभेटाएर हल्काफुल्का टिप्पणी गर्ने गरेका छन्, हामी त देश विकासका लागि सार्थक बहस चाहन्छौं।' राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा के यो राष्ट्रपतिको सरकार हो भनी पत्रकारले राखेको जिज्ञासामा मेरो देश, मेरो राष्ट्रिय गान भन्नु अरूको चैँ होइन भनेको होइन, देशको प्रमुखले भन्नु कुनै अनौठो होइन, भारत तथा अरू देशमा पनि ‘माई गभर्नमेन्ट’ भन्ने चलन छ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


खुकुरीले हानेर श्रीमतीको हत्या - 2017-07-14
पाँचथर, असार ३० – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षका नेत्र चेम्जोङले ४० वर्षकी श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् ।

सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन् : राणा - 2017-07-13
काठमाडौं, असार २९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उहाँले भन्नुभयो ‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, राप्रपा छिट्टै सरकारमा सहभागी हुन्छ ।’

विराटनगरमा गोली प्रहार, एक महिला घाइते - 2017-07-13
विराटनगर, असार २९ – विराटनगरको मुनालपथमा बिहीबार बिहान गोली प्रहारबाट एक महिला घाइते भएकी छन् ।

व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ - 2017-07-11
२७ असार, दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् ।

खोलामा हराएकाको शव निकाल्न खोज्दा प्रहरी नै डुबे - 2017-07-11
असार २७ – कास्कीको हर्पन खोलामा माछा समात्न फालेको बल्छी तान्ने क्रममा वेपत्ता भएकाको खोजीमा खटिएको प्रहरीको उद्धार टीमका एक सदस्यको ज्यान गएको छ । वेपत्ता दुईमध्ये एकको शव भेटिएपछि निकाल्ने क्रममा डुबेर प्रहरी जवान बलबहादुर कुँवरको मंगलबार ज्यान गएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा कुँवरले ललित पुनको शव भेटेका थिए ।

मुग्लिनको जाममा फसे एक हजार ४ सय गाडी - 2017-07-10
२६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उनले बताए ।

सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुने - 2017-07-09
काठमाडौं, २५ असार । आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र नेपाली साहित्यमा नयाँ पुस्ताको खोजी गर्ने उद्धेश्यले कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजक उषा मिडिया प्रा.लि. अन्तर्गत सँचालन भएको अनलाईन रेडियो नेपालीको अनलाईनले जनाएको छ ।

पीठाधीश डा. रामानन्द गिरीको देहावसान - 2017-07-09
२५ असार, हेटौँडा / देवघाटस्थित महेश संन्यास आश्रमका संस्थापक पीठाधीश डा. रामानन्द गिरीको शनिवारराति देहावसान भएको छ । उनको काठमाडौंको पशुपतीदेवपत्तनस्थित शंकराचार्य मठमा ७१ बर्षको उमेरमा देहवसान भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

सल्यान बस दुर्घटनामा २ यात्रुको मृत्यु - 2017-07-09
२५ असार, सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्रीका अनुसार मृतकमध्ये रातो खड्का भन्ने व्यक्तिको मात्र पहिचान खुलेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top