मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग     सपथ खुवाउन माग गर्दै मनाङेले दिए निवेदन     धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ     मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त     माघपछि ‘वार रुम’ बाट के-के गर्छन् प्रधानमन्त्री ओली ?     आत्महत्या गर्न गएका छोराले गरे आमाको हत्या     उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका   

राष्ट्रिय समाचार

सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग


  • राष्ट्रिय समाचार
  • पटक पढिएको
  • कलमपाटी
बलात्कार, हत्या तथा यौनहिंसाका आरोप लागेका रामबहादुर बमजनमाथि छानबिन गरी कारबाही गर्न संसदमा आवाज उठेको छ।

सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग

बिहीबार प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद विमला बिकले बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग माग गरेकी हुन्। बैठकमा बोल्दै उनले भनिन हामी बुद्ध जन्मेको देशका मानिस हौं। बौद्ध धर्म मान्छौं तर तपस्वीको भेषमा बमजमले बलात्कार र तीन आनीहरूलाई बेपत्ता पारेका समाचारहरू आइरहेका छन्। त्यसैले उनीमाथि छानबिन गरी कारबाही होस्।’ 



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


वाम गठबन्धनबाट देशले सुख पाउँदैन : रवीन्द्र मिश्र - 2017-11-12
काठमाडौं, कात्तिक २६ – विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौंको क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले वाम गठबन्धनबाट देशले सुख नपाउने बताउनुभएको छ ।

वर्षमान पुनलाई लक्षित गरी फेरि गोली प्रहार - 2017-11-12
कात्तिक २६ – माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ ।दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त नै भन्छन् – चुनावमा मेनिफेस्टोभन्दा मनिफेस्टो हावी भयो - 2017-11-10
काठमाडौं, कात्तिक २४ – निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।

पूर्वराष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित - 2017-11-10
काठमाडौं, कात्तिक २४ – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ ।

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण - 2017-11-10
काठमाडौं, कात्तिक २४ – चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

मंसिरमा हुने चुनावका लागि २२ लाख मात्र परिचयपत्र छापियो - 2017-11-10
कात्तिक २४ – निर्वाचन आयोगले पुराना मतदाताका लागि मंसिरमा हुने चुनावका लागि परिचयपत्र नछाप्ने भएको छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छापिने भएको हो । गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पुनर्निर्माण प्राधिकरण प्रमुख भूसालद्वारा अमेरिकी कार्यबाहक राजदूतसँग भेट - 2017-11-09
काठमाडौं, कात्तिक २३ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भूसालले बिहीबार अमेरिकी कार्यबाहक राजदूत सहितको प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको छ ।

आचारसंहिता पालनामा जोड दिन आयोगको निर्देशन - 2017-11-09
काठमाडौं, कात्तिक २३ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आचारसंहिता पालनामा जोड दिन मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

एमाले र माओवादी मिल्दा कोही चिच्याउन आवश्यक छैन : ओली - 2017-11-07
काठमाडौं, कात्तिक २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कसैलाई शंका नगर्न आग्रह गर्नुभएको छ । उहाँले वाम एकतालाई नराम्रो नजरले हेर्नु ठीक नहुने बताउनुभयो, ‘कांग्रेस र माओवादी मिल्दा लोकतन्त्रसम्मत हुने र एमाले र माओवादी मिल्दा चाँही लोकतन्त्र खतरामा हुने । यहाँ कोही चिच्याउन आवश्यक छैन ।’ मंगलबार वाम गणबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले आफूहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कसैले शंका गर्नु नपर्ने बताउनुभयो । ‘दुनियाँलाई पत्याउन गाह्रो पर्ने काम गरेर आएका हामी दुई पार्टी एक भएका छौँ । भन्नका लागि मात्र होइन हामी देश बनाउनका लागि मिलेका हौँ, हाम्रो घोषणापत्र देश सम्बृद्ध बनाउने योजना हो’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठामाथि कसैले आशंका नगरे हुन्छ । हामीलाई लोकतन्त्र कसैले ल्याइदिएको होइन । झगडा गर्यो भने लोकतन्त्र बलियो हुने । मिल्यो भने कमजोर हुने यो कस्तो विचार हो ?’

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top