मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाबले नेपाल कस्तो बनाउने भन्ने निक्र्यौल निकाल्छ :खतिवडा - 2017-11-08
बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अहिले हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबले नेपाल कस्तो बनाउने भन्ने निक्र्यौल निकाल्ने बताएका छन् । बाम गठबन्धनले मात्र नेपाल कस्तो बनाउने निक्र्यौल निकाल्न सक्ने भएकोले अहिलेको चुनाबमा बाम गठबन्धनलाई नै भोट हाल्नुपर्ने बताए ।

बानियाँको प्रतिवद्धता पत्र गाउँ गाउँमा - 2017-11-08
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् । अन्य उम्मेदवार आफ्नो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् ।

प्रदेशसभा (ख) मा निर्बाचनक्षेत्र स्टेरीङ कमिटि गठन - 2017-11-08
बाम गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर एक को प्रदेश सभा ख को निर्बाचन क्षेत्र स्टेरीङ कमिटि गठन भएको छ । श्रीधर पोख्रेलको संयोजकत्वमा कमीटी गठन गरीएको हो ।

आमभन्ज्याङमा बाम गठबन्धनको चुनाबी कार्यालय उद्घाटन - 2017-11-08
मकवानपुर गढि गाउँपालिकाको आमभन्ज्याङमा बाम गठबन्धनको चुनाबी कार्यालय उद्घाटन गरीएको छ । मंसिर २१ गते हुने निर्बाचनमा बाम गठबन्धनका उमेद्वारहरुको प्रचार प्रसार गर्न सहजताका लागि कार्यालय स्थापना गरीएको हो ।

ब्युटी पार्लर र उलन तालिममा सहभागी प्रशिक्षाणर्थीहरुलाई प्रमाणपत्र वितर - 2017-11-07
मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आयोजित २ महिने ब्युटी पार्लर र १ महिने उलन तालिममा सहभागी प्रशिक्षाणर्थीहरुलाई प्रमाण पत्र वितर गरेको छ ।

बाम गठबन्धनको गढी गाउँपालिका निर्वाचन परिचालन कमिटी गठन - 2017-11-07
मकवानपुरगढीमा भएको भेलाले बाम गठबन्धनको गढी गाउँपालिका निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मकवानपुरमा बामगटबन्धनको संयुक्त कार्यकर्ता भेलाहरु सुरु - 2017-11-07
नेकपा एमाले मकवानपुर तथा नेकपा माओबादि केन्द्र (बामगटबन्धन) को संयुक्त कार्यकर्ता भेलाहरु सुरु गरेको छ । प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर १ अन्तर्गत गढी गाउँपालिकाको मक्राञ्चुलीमा संयुक्त कार्यकर्ता भेला गरेको छ ।

जिल्ला शिक्षा कार्यालय मकवानपुरको बजेटबारे अभिमुखीकरण - 2017-11-07
जिल्ला शिक्षा कार्यालय मकवानपुरको आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक कार्यक्रम तथा स्थानीय तहमा बित्तिय हस्तान्तरणको बिषयमा अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरको आयोजनामा बिध्यालय क्षेत्र बिकाश कार्यक्रम अन्र्तगतका कार्यक्रमहरुको बारेमा अभिमुखि कार्यक्रममा जानकारी गराईएको थियो ।

निर्बाचन आचार संहिता पालना गर्ने उमेदवारहरुको प्रतिबद्धता - 2017-11-07
मकवानपुर जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारहरुले निर्बाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मुख्य निर्बाचन अधिकृतको कार्यालय मकवानपुरले आज निर्बाचन आचार संहिताको बिषयमा गरिएको अन्तरकृया कार्यक्रममा सहभागि भएका उमेदवारहरुले आचार संहिता पालना गर्ने बताएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top