मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा सम्पन्न - 2017-11-12
मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पाञ्चायन बचत तथा श्रृण सहकारीको आठौ बार्षिक साधारणसभा आज सम्पन्न - 2017-11-12
ह्ेटौडा उपमानगरपालीका ४ कान्तिराजपथमा रहेको पाञ्चायन बचत तथा श्रृण सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सम्बेदनशिल टोल बिकाश संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न - 2017-11-12
हेटौंडा उपमाहानगरपालीका वडा नमबर ९ मा रहेको सम्बेदनशिल टोल बिकाश संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यदुबंश खतिवडाको अध्यक्ष्तामा सम्पनन कार्यक्रममा हेटौडा उपमाहानगरपालीका वडा नमबर ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १६ औ बार्षिक साधारण सभा सम्पन्न - 2017-11-12
ग्रमिण महिलाहरुको नेतृत्वदायी पहलमा संचालन भएको ग्रमिण महिला सेवा केन्द्र मकवानपुरको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष लक्ष्मी मोक्तानको सभाअध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

श्रम ऐन २०७४ र सामाजीक सुरक्षा काषको सम्बन्धमा अन्र्तकृया कार्यक्रम सम्पन्न - 2017-11-12
श्रम ऐन २०७४ र सामाजीक सुरक्षा काषको सम्बन्धमा अन्र्तकृया कार्यक्रम हेटौडामा सम्पन्न भएको छ । श्रम ऐनको कार्यानवयन तथा श्रमिकको हक हितका बिषयमा बनेको ऐनका बिषयमा कार्यक्रममा न्याधिश पवन ओझाले सहजीकरण गर्नुभएको थियो ।

युवतीलाई बलात्कार गरी मोबाइल लुट्ने दुई जना पक्राउ - 2017-11-10
कात्तिक २४ – किशोरीलाई बलात्कार गरेर मोबाइल लुटपाट गर्ने दुईजना युवकलाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्बजनिक गरेको छ ।

अन्तर बिद्यालय स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज देखि हेटौडामा सुरु - 2017-11-10
ह्ेटौडा ब्याडमिन्टन संघको आयोजनामा साथी बोसको स्मृतिमा प्रथम अन्तर बिद्यालय स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज देखि हेटौडामा सुरु भएको छ ।

हेटौडामा आज ३७ औ बिस्व खाद्यदिबस मनाइयो - 2017-11-10
३७ औ बिस्व खाद्यदिबस आज हेटौडामा ¥याली र सभा गरेर मनाइएको छ । हेटौडा उपमहानगरपालिका, जिल्ला कृर्षि बिकाश कार्यालय मकवानपुर र बिभीन्न गैरसरकारी संस्थाहरुको आयोजनामा कार्यक्रम गरिएको हो । खाद्य सुरक्षा र ग्रामिण बिकाशमा लगानी बढाऔ, भाबि बसाई सराई ब्यबस्थित गरौ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।

मकवानपुरमा मतदाता शिक्षा सामग्री आइपुग्यो - 2017-11-09
हेटौँडा,२३ कार्तिक, आउँदो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मतदाता शिक्षा सामग्री आएको छ । कार्तिकको अन्तिम सम्मा हुने मतदात शिक्षा कार्याक्रमको लागि मतदाता शिक्षा सामग्री आईसकेको जिल्ला निर्वाचन कार्यालय हेटौँडाले जनाएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top