मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग हो : दाहाल - 2017-11-16
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौंडा १३ निर्बाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको बताए ।

मकवानपुरमा मतदान शिक्षाका लागि प्रतिनिधी खटाईयो - 2017-11-16
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले मतदातालाई मतदान सम्बन्धी शिक्षा प्रदान गर्नका लागी मंगलबारबाट जिल्लाभरी प्रतिनिधीहरु खटाएको छ ।

मकवानपुरको मनहरीमा खुकुरी हानी तीनको हत्या - 2017-11-14
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौना, सामिलडाँडामा एक युवकले खुकुरीले हानेर तीन जनाको हत्या गरेको छ । मंगलबार साँझ सामिलडाँडाका सुमन बराईलीले ५२ वर्षीय राधाकृष्ण धिताल, धितालका १७ वर्षीय छोरा सुजन धिताल र ६५ वर्षीय वृद्ध जीतबहादुर ब्लोनको हत्या गरेको छ ।

मकवानपुरको मनहरीमा खुकुरी हानी १ को हत्या, २ गम्भीर घाइते - 2017-11-14
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, सामिलडाँडामा एक युवकले खुकुरीले हानेर ५२ वर्षीय राधाकृष्ण धितालको हत्या गरेको छ । मंगलबार साँझ सुमन बराईलीले धितालको हत्या गरेका हुन् । बराईलीले अन्धाधुन्दा आक्रमण गर्दा मृतक धितालकै छोरा १७ वर्षीय सुजन धिताल र अर्का एकजना गम्भीर घाइते भएका छन् ।

अहिलेका अबस्थामा बाम एकता आबश्यक: पुर्ब सांसद पौडेल - 2017-11-13
हेटौंडा ९ मा वाम गठबन्धनको प्रचारप्रसार कार्यलयको आज कार्यलय उद्घाटन गरिएको छ । कार्यलयको पूर्ब साँसद अनन्त पौडेल, मकवानपुर क्षेत्र नम्बर एकका उमेद्वार कृष्ण प्रसाद दाहालले उद्घाटन गरेका छन् ।

२५ मिटरभित्रको संरचना हटाउन सडक डिभिजनले पु:न सूचना निकाल्यो - 2017-11-13
डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले सडकको दायाँबायाँ सडक सिमा भित्र बनेका घर टहरा हटाउन पुन सुचना प्रकाशन गरेको छ । डिभिजन सडक कार्यालयले समय सिमा नतोकिकन घरटहरा हटाउन सुचना प्रकाशन गरेको छ ।

हेटौंडा उपमहानगरका बिभिन्न वडाहरुमा बाम गठबन्धनको निर्बाचन परीचालन कमिटि गठन - 2017-11-12
हेटौंडाका बिभिन्न वडाहरुमा बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकार अब बाम नेतृत्वमाः उप्रेती - 2017-11-12
नेकपा एमालेका ३ प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले प्रदेश र प्रतिनिधिसभाको निर्बाचनपछि केन्द्र, प्रदेश र स्थानीय सरकारमा बाम बर्चश्व कायम रहने दाबी गरेका छन् । उनले दुई तिहाई मत ल्याएर केन्द्र र प्रदेशमा सरकार निर्माण गर्ने भन्दै बाम गठबन्धन अब त्यो दिशामा अघि बढिसकेकाले चिन्ता नलिन मतदाताहरुलाई आग्रह गरे ।

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीको संयुक्त भेला - 2017-11-12
नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ मकवानपुर र नेकपा माओबादि केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त भेला भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top