मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


लोकतान्त्रिकले जिते हेटौंडा राजधानीः अध्यक्ष थापा - 2017-11-18
२ मसिर, हेटौँडा । उपप्रधान, उर्जा मन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा उमेदवार कमल थापाले लोकतान्त्रिक गठबन्धनले जिते हेटौंडा ३ नम्बर प्रदेशको राजधानी हुने ठोकुवा गरेका छन् ।

अस्थिर सरकारका कारण देश अगाडि बढ्न सकेन– खतिवडा - 2017-11-18
भिमफेदी, २ मंसिर वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले अस्थिर सरकारका कारण देश अगाडि बढ्न नसकेको भन्दै स्थिर सरकारका लागि प्रतिनिधि र प्रदेश सभाको निर्बाचनमा वामगठबन्धनका साझा उमेद्वारलाई मतदान गर्न आग्रह गरेका छन् ।

तीन नंम्बर प्रदेशको राजधानी हेटौडा बनाउने बिषयमा सर्बपक्षिय,सर्बदलिय छलफल - 2017-11-17
तीन नंम्बर प्रदेशको राजधानी हेटौडामा बनाउने बिषयमा आज हेटौडामा सर्बपक्षिय, सर्बदलिय कार्यक्रम गरिएको छ । जनदबाब समुह मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।

बाम सुचना केन्द्रलाई पुर्ब साँसद ठकुरीद्वारा कम्प्यु्टर प्रदान - 2017-11-17
हेटौंडा, १ मंसिर नेकपा एमालेका नेता तथा पुर्ब साँसद सुवास चन्द्र ठकुरीले बाम सुचना केन्द्रलाई एक सेट कम्प्युटर प्रदान गरेका छन् । आज नेकपा एमाले पार्टि कार्यालयमा एक कार्यक्रमका बिच ठकुरीले प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल तथा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैयाँ बिष्टलाई हस्तान्तरण गरेका छन् ।

समृद्ध समाज दैनिकद्धारा ५ सम्मानित - 2017-11-17
हेटौंडा, १ मंसिर,समृद्ध समाज राष्ट्रिय दैनिक हेटौंडा–२ को सातौं वार्षिकोत्सवको अवसरमा मकवानपुरका ५ संस्था सम्मानित भएका छन् ।

बामगठबन्धन मकवानपुरको प्रतिबद्धता–पत्र सार्बजानिक - 2017-11-17
हेटौंडा, १ मंसिर/ नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजानिक गरीएको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओबादि केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले नेकपा एमालेको पार्टि कार्यालयमा संयुक्तरुपमा सार्बजानिक गरेका हुन् ।

बाम गठबन्धनको २ तिहाई मतआउँछ – खतिवडा - 2017-11-16
नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने बताएका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी सभामा कार्यक्रममा बोल्दै उनले बाम गठबन्धन आम नागरिकको चाहाना र आवश्यकता भएकोले २ तिहाई मतले बिजयी हुने दावि गरे ।

काँग्रेस र राप्रपाको दिन सकियो– दाहाल - 2017-11-16
हेटौंडा, ३० कात्तिक/ बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले अब नेपाली काग्रेस र राप्रपाको दिन सकिएको बताएका छन ।

मकवानपुरमा बाम गठबन्धनको बिजय कसैले रोक्न सक्दैन : पुलामी - 2017-11-16
बामगठबन्धनका मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा क का उमेद्वार प्रेम बहादुर पुलामीले बामगठबन्धनको मकवानपुर आधार इलाका भएकोले बिजय कसैले रोक्न नसक्ने बताएका छन् मकवानपुरको शिखरपुरमा प्रचारप्रसार कार्यलय उद्घाटन गर्दै बामगठबन्धनको जित अब घोषणा मात्र बाकी भएको बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top