मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बामशक्तिका पक्षमा लाग्न हेटौंडा ९ मा निर्वाचन परिचालन कमिटि निर्माण - 2017-11-21
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै हेटौंडा ९ मा बामशक्तिका पक्षमा लाग्न निर्वाचन परिचालन कमिटि निर्माण भएको छ ।

आमा सेमिनारमा सहभागी बृद्धदेखि बिद्यार्थी, युवासम्म प्रायः सबै रोए - 2017-11-21
आमा सेमिनारमा सहभागी बृद्धदेखि बिद्यार्थी, युवासम्म प्रायः सबै रोएका छन् । सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन र मानवसेवा आश्रमले संयुक्त रुपमा ओम्याक्स हलमा सेमिनार आयोजना गरेको हो ।

स्थानीयस्तरमा रहेका स्वास्थ सस्था हस्तान्तरण - 2017-11-21
पुर्वि मकवानपुरको बकैया गाउँपालिकामा आज एक विशेष कार्यक्रम गरि स्थानीयस्तरमा रहेका स्वास्थ सस्था हस्तान्तरण गरिएको छ ।

सिपाई बलियो भएमा मात्र सेना र देश बलियो हुन्छ : पृतनापति उपरथी शर्मा - 2017-11-21
मध्यपृतना हेडक्वाटर सुपारेटार ब्यारेकको आयोजनामा यस पृतना अन्तरगत संचालन भएको सिसं ८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज कार्यक्रम आज नयाँ सबुजगढको प्राङगनमा भएको छ । दश महिना सम्मको कठोर सैन्य तालिम पछी ९६ जना आजबाट औपचारिक रुपमा सिपाईमा प्रबेश गरेको अबसरमा कवाज गरिएको हो ।

करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न - 2017-11-21
हेटौंडा, कार्तिक ५ । आन्तरिक राजश्व कार्यालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

मतदाता शिक्षाको काम भईरहेको छ : जिल्ला निर्बाचन कार्यालय - 2017-11-21
आगामि मंसिर २१ गते हुने निर्बाचनको लागी मकवानपुरमा अहिले मतदाता शिक्षाको काम भई रहेको जिल्ला निर्बाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

निर्बाचनमा ५२ वटा संस्थाका ४४ हजार १ सय ४२ ले पर्यवेक्षण गर्ने - 2017-11-21
आगामी मंसिर १० गते र २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्बाचनमा देश भरीमा ५२ वटा संस्थाका ४४ हजार १ सय ४२ जना पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन ।

वामगठबन्धनलाई मत दिएर देश र जनतालाई जित्ने अबसर दिन पौडेलको आग्रह - 2017-11-20
हेटौंडा, ४ मंसिर / वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उमेद्वार डोरमणी पौडेलले वामगठबन्धनलाई मत दिएर देश र जनतालाई जित्ने अबसर दिन आग्रह गरेका छन् ।

हेटौंडा १ नकौलीमा वामगठबन्धनको चुनावी सभा - 2017-11-20
हेटौँडा,४ मंसिर / वामगठबन्धनको हेटौंडा १ नकौलीमा सोमबार चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अब केन्द्र सरकार र प्रदेश सरकार दुबैमा वामगठबन्धनले नेतृत्व लिने बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top