मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


माओबादी केन्द्रद्धारा मकवानपुरको सम्पादकहरुसंग अन्तरकृया - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/नेकपा माओबादी केन्द्र मकवानपुरले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको चुनाबलाई लक्षित गरेर मकवानपुरको पत्रकार महाँसंघ, रेडियो, दैनिक, साप्ताहिक पत्रिका, अनलाईन र टेलिभिजनका सम्पादकसंग अन्तरकृया कार्यक्रम गरेको छ ।

मकवानपुरको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । मकवानपुरमा रहेको एक उपमाहानगरपालीका एक नगरपालीका र आठ ओटा गाउँपालीकामा पनि निर्वाचन अधिकृत तोकिएका छन् ।

मकवानपुरमा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/मकवानपुरका आठवटै गाउँपालिका, हेटौडा उपमहाँनगरपालिका र थाहा नगरपालिकामा मतदाता शिक्षा संचालनका लागि ३ सय ७ जनालाई खटाउने निणय गरेको छ । मतदाता शिक्षा जिल्ला समन्वय समिति मकवानपुरको आज जिल्ला प्रशाशन कार्यालयमा बसेको बैठकले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, ईसिडीका शिक्षक, महिला स्वास्थ्य स्वयंसेबिका गरी ३ सय ७ जनालाई खटाउने निणय गरिएको हो ।

बेतखोल्सीमा डँढेलो नियन्त्रण संजाल गठन - 2017-04-04
हेटौंडा एफएम, २२ चैत÷हेटौडा उपमाहानगरपालीका वडा नं. ९ मा रहेको बेतखोल्सी सामुदायीक वन उपभोत्ता समुहमा डँढेलो नियन्त्रण संजाल गठन गरीएको छ । रेन्जपोष्ट महासंघ हेटौडा अन्र्तगत डँढेलो नियन्त्रण गरी वन बिनाश रोक्ने र डँढेलो नियन्त्रणमा सहयोग पुग्ने उदेश्यका साथ संजाल गठन गरीएको हो ।

१३ बोरा गाँजासहित दुईजना पक्राउ - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/मनहरी–प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं ८ बाट १३ बोरा लागू औषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । लुकाईछिपाई गाँजा राखेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले साबिक काँकडा ४ बाट आरदे सिंह प्रजा र रामकुमार प्रजालाई पक्रेको हो ।

मकवानपुरमा अदालत जानेको संख्या बढ्यो - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/मकवानपुर जिल्लामा गत बर्षको ८ महिनाको तुलनामा यो बर्षको ८ महिनामा मुद्धा दर्ता गराउनेको सङख्या बढेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । यो आर्थिक बर्षको फागुन मसान्त सम्ममा ७ सय ७७ वटा नया मुद्धा दर्ता भैसकेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार अनन्त राज मरासिनिले बताए ।

अधिकार रक्षाको लागि एमाले - 2017-04-04
हेटौंडा एफएम, २२ चैत/आँउदो स्थानीय निकायको निर्बाचनलाई थप ब्यवस्थित गर्न नेकपा एमालेले हेटौडा उपमाहानगरपालीका वडा नं. ९ मा चुनाब प्रचार प्रसार सम्पर्क कार्यालयको उदघाटन गरीएको छ । स्थानीय निकाएको चुनाबमा प्रचार प्रसार गर्न र नेकपा एमालेलाई निर्बाचनमा सहजता होस भन्ने उदेश्यले कार्यालयको उदघाटन गरीएको हो । कार्यलयको उदघाटन प्रमुख अतिथी तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला इन्र्चाज बिरोध खतिबडाले गनुभएको हो ।

गेलकपबाट चार लाख बचत - 2017-04-04
हेटौंडा एफएम,२२ चैत/रोहिनी हाउजीङ पिप्लेक्याम्पा गोल्डकप फुटबल २०७३ को आज एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गरेर आय ब्यय बिवरण सार्बजनीक गरीएको छ ।

काँग्रेसको भीमफेदी र गढीमा भेला - 2017-04-04
हेटौंडा एफएम, २१ चैत/नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमअन्र्तगत मकवानपुरको भीमफेदी गाउँपालिकाको ३ र ४ वडा तथा गढी गाउँपालिकाको ४ नम्बर वडामा सोमबार बृहत भेला गरिएको छ । भीमफेदी गाउँपालिकाको ३ र ४ वडाको निबुवाटारमा चुनाव प्रचाप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top