मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरको तीन जनाको उम्मेद्वारी - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरका तीन जनाले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन् । महासंघको चैत २८ गतेदेखि हुने ५१ औं बार्षिक साधारण सभा एवं अधिवेशनमा खुल्लातर्फ कार्यकारिणी समिति सदस्यमा दुई जनाले उम्मेदवारी दिने भएका छन् ।

संकलित खाधान्न सामाग्री हस्तान्तरण - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/देवघाट धाममा रहेको महेश संस्कृत गुरुकुलको २४ औ बार्षिक उत्सवको अबसरमा हरेक बर्ष झै यो बर्ष पनि बिभिन्न स्थानबाट सहयोग प्राप्त भएको छ । श्री १ सय ८ स्वामी डा. रामा नन्द स्वामीले २०५० सालमा स्थापना गर्नुभएको सो गुरुकुलमा हाल २ सय २ जाना बिध्यार्थीहरुलाई निशुल्क संस्कृत शिक्षा दिइदैछ ।

गाईभैसी ब्यवसाय प्रर्बधन गर्न मकवानपुरका किसानहरुलाई अनुदान रकम प्रदान - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/जिल्ला पशुसेवा कार्यालय मकवानपुरले यो बर्ष गाईभैसी ब्यवसाय प्रर्बधन गर्नकालागी मकवानपुरका किशानहरुलाई अनुदान रकम प्रदान गरेको छ । युवा लक्षित कार्यक्रम अन्तरगत गाईभैसी प्रर्बधन तर्फ पशुपालन ब्यवसायलाई प्रबद्र्धन गर्ने र ब्यवसायीक बनाउने ुउदेश्यका साथे अनुदान रकम बितरण गरीएको हो । मकवानपुरमा ब्यवसायीक पशु पालन गर्ने ब्यवसायी मध्ये कुल पशु संख्याको आधारमा साना तथा मझौला ब्यवसाय छुट्याएर अनुदान रकम बितरण गरीएको जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख राम प्रकाश प्रधानले बताउनुभयो । कार्यक्रम अनर्तगत मकवानपुरको मकवानपुरगढी, आमभन्ज्याङ, र हाडीखोलाका साना तथा मझौला किशानहरुले अनुदान रकम प्राप्त गरेका हुन ।

रेन्जपोष्ट महासंघको कार्यशाला गोष्ठी - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा बुधवार हेटौडामा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । रेन्जपोष्ट महासंघमा आवद्ध पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारीका साथै उनीहरुलाई सक्रिय बनाउन गोष्ठीको आयोजना गरिएको हो l

वंश गोपालमा महायज्ञ सुरु, पहिलो दिन १० धुर जग्गा र ६ लाख ४६ हजार संकलन - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/मकवानपुर जिल्ला गढी गाँउपालीका वडा नं. २ स्थित वंश गोपाल माध्यमिक बिध्यालयमा आजबाट श्रीमद भागवद सप्ताहा माहायज्ञ सुरु भएको छ । कृषि प्राबिधिक शिक्षा, जग्गा खरिद तथा बिध्यालयको भौतिक पुर्बाधार निमाणार्थ आयोजीत सप्ताहा माहायज्ञको निमार्ण ब्यवशायी माहासंघ केन्द्यि निर्बतमान अध्यक्ष एवं समाजसेबी जयराम लामिछानेले उदघाटन गर्नुभएको हो ।

एमाले भीमफेदी ५ र ६ मा वडा भेला - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/नेकपा एमालेले भीमफेदी गाउँपालिका अन्र्तगत वडा नंबर ५ र ६ मा वडा संगठन कमिटि निर्माण गरेको छ । आज भीमफेदीमा भएको भेलाले वडा नंबर ५ मा शिवराज पुडासैनीको संयोजकत्वमा ७३ सदस्यीय वडा कमिटि निर्माण गरेको हो ।

एमाले हेटौंडा २ र ८ मा चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/नेकपा एमालेले स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै हेटौँडा २ र ८ मा प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । आज दुईवटै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि प्रचारप्रसार कार्यालयको शुभारम्भ गरिएको हो । हेटौँडा ८ मा कार्यालयको उदघाटन एमाले मकानपुरकी अध्यक्ष मुनु सिग्देलले गर्नुभएको हो ।

एमाले हेटौंडा ५ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/नेकपा एमाले हेटौंडा उपमाहानगरपालीका ५ नम्वर वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप ब्यवस्थित गर्न आज व्यापक जनसहभागिताका बीच चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन गरेको छ । हेटौडा ५ सानोपोखरा गणेश मन्दिर नजिकै सम्पर्क कार्यालय स्थापना गरि चुनावलाई एमालेमय बनाउन ५०१ सदसीय प्रचारप्रसार कमिटि गठन गरिएको वडा अध्यक्ष पदम् बहादुर बजगाईले जानकारी दिनुभएको छ ।

मकवानपुरमा निर्वाचन शिक्षा प्रशिक्षण सुरु - 2017-04-05
हेटौंडा एफएम, २३ चैत/जिल्ला निर्बाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन शिक्षा कार्यकर्ता, मतदाता शिक्षा स्वयमसेवक प्रशिक्षण कार्यक्रम आज देखि हेटौडामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रम अन्तरगत आज पहिलो चरणमा दुईदिन प्रशिक्षण दिन सुरु गरिएको हो । मतदाता शिक्षा जिल्ला समन्वय समितिका सदस्य तथा नेपाल पत्रकार महाँसंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईको अध्यक्षतामा आजको कार्यक्रमको सुरुवात गरिएको थियो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top