मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडाबाट भीमफेदीसम्को सडकको स्तरीकरण गरिने - 2017-04-07
हेटौंडा एफएम, चैत/हेटौंडाबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्को सडकको स्तरीकरण गरिने भएको छ । अमेरिकी मिलिनियम च्यालेन्न कर्पोरशेन (एमसीसी) अन्तरगतको आफिस अफ मिलिनियम च्यालेन्ज नेपाल (ओएमसीएन) ले भीमफेदी(हेटौंडा सडकलाई स्तरीकरणको योजना बनाएको हो । योसहित कोशी, मेची, सगरमाथा र पूर्वपश्चिम हाईवेका विभिन्न खण्डको पनि स्तररीकरणका लागि ओएमसीएनले काम गर्ने गरी योजना छनौट गरेको छ ।

एमाले हेटौंडा १४ मा निर्वाचन प्रचार–प्रसार कार्यालय - 2017-04-07
हेटौंडा एफएम, चैत/स्थानीय तहको निर्वाचनलाई लक्षितगरि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ पद्मपोखरीमा निर्वाचन प्रचार–प्रसार कार्यालयको आज उद्घाटन गरिएको छ ।

स्थानीय चुनावमा सबल र सक्षम ब्यक्तिलाई उमेद्वारी बनाउन आग्रह - 2017-04-07
हेटौंडा एफएम, चैत/मकवानपुरमा स्थानिय तहको चुनाबमा सबल र सक्षम ब्यक्तित्वलाई चुनाबमा उमेदवारी दिलाउनका लागि जिल्लाका सबै राजनितिक दलहरुलाई आग्रह गरिएको छ । लाईन्स क्लब अफ हेटौडा इन्टेलेम्युलेको आयोजनामा स्थानिय सरकारको संबैधानिक अधिकार क्षेत्र र भाबि राजनैतिक नेतृत्वको जिमेवारी बिषयक अन्तरकृया तथा छलफल कार्यक्रमका सहभागिहरुले यस्तोकुरा बताएका हुन् ।

प्रेस सेन्टरबाट जिम्मेवारी बाँडफाँड - 2017-04-07
२४ चैत, हेटौडा । प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ ।

बकैया गाउँपालिकामा माओवादी केन्द्रको विस्तारित बैठक - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै राजनीतिक दलहरुको सक्रियता बढेको छ । दलहरु राजनीतिक गतिविधिमा केन्द्रित भएका छन् । स्थानीय तहको निर्वाचनका लागि तयारी तीब्र बनाएका छन् । त्यसैगरी आसन्न निर्वाचनका लागि दलहरुले आफ्नो पार्टीको तर्फबाट विभिन्न पदमा हुने उम्मेदवार पनि सार्वजनिक गर्न थालेका छन् । यसैबीच आज नेकपा माओवादी केन्द्र बकैया गाउँपालिकाको बैठकले सो पार्टीको बकैया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार सार्वजनिक गरेको छ ।

नयाँ शक्ति हेटौंडा १९ मा वडा कमिटी - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/नयाँ शक्ति नेपाल हेटौंडा–१९ नम्बर वडाको अध्यक्षमा प्रेमबहादुर बल चयन भएका छन् । बुधबार भएको भेलाले बलको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा हरि उप्रेती, प्रताप थिङ, रामचन्द्र अर्याल, श्याम घलान र शान्तिमाया तामाङ रहेका छन् ।

गुप्तेस्वरी कृर्षि सहकारीले किसानहरु मार्फत मकैको बिउ उत्पादन गर्दै - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/हेटौडा उपमहाँनगरपालिका वडानंम्बर १३ पान्तलेमा रहेको गुप्तेस्वरी कृर्षि सहकारी संस्थाले आफ्ना सदस्य किशानहरु मार्फत मकैको बिउ उत्पादन गर्दै आएको छ । सहकारीले मुल बिउ ल्याएर आफ्ना ६ सय जना सदस्य मार्फत मकैको बिउ बिगतका केही बर्ष देखि उत्पादन गर्दै आएको हो । यस सहकारीका सदस्यहरुबाट उत्पादन गरेको बिउ यस आर्थिक बर्षमा मात्र ५० मेट्रिकटन बिक्री भएको सहकारीका अध्यक्ष बसुन्धरा लामाले बताउनुभयो । मकैको बिउ उत्पादन गरेर सहकारीले बिक्री गर्न थालेपछी पहिले प्रतिकेजी १८ रुपैयामा बिक्री गर्दै आएको मकै अहिले भने बिउको रुपमा ४५ देखि ५० रुपैया केजी सम्म बिक्री गर्नेगरेका छन् ।

एमाले हेटौंडा १२ मा पनि निर्बाचन प्रचार प्रसार कार्यालय - 2017-04-06
हेटौंडा एफएम, २४ चैत/नेकपा एमालेले स्थानिय निकाय निर्बाचनलाई लक्षित गरेर हेटौंडा उपमहामनगर पालिका १२ मा निर्बाचन प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन गर्दै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले एमालेको बिकल्पमा अन्य कुनै पनि दल नभएको बताइन् ।

मकवानपुरमा सम्वन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि - 2017-04-06
हेटौंडा एफएम, २४ चैत÷मकवानपुरमा सम्वन्ध विच्छेद गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । चालु आर्थिक बर्षको ८ महिनामा मकवानपुरबाट सम्वन्ध विच्छेदको लागि मुद्धा दर्ता गर्नेहरुको संख्या बढेको हो । श्रावण हालसम्म मकवानपुरमा २ सय ११ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top