मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.     प्रदेश सभा बैठक : मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग     प्रदेश तीनको सदनमा बिनियोजन बिद्ययक पेश      प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब     काग्रेशद्वारा प्रदेश ३ को संसद अबरुद्ध     प्रभावकारी बन्दै मुख्यमन्त्री स्वास्थ्य परिक्षण      हेटौंडा एफएमको १४ औं बार्षिकोत्सव सम्पन्न     हेटौडा एफएम १४ औ वर्षमा प्रवेश      प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ पहिलो साता     सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली      विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा हेटौंडामा प्रभातफेरी   

समाज

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता


  • समाज
  • पटक पढिएको
२४ पुस, विराटनगर । विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ ।

मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता

दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका( १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा आउनेछ ।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।

यस्ता छन् विशेषता

तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरियासमेत रहने छ ।

तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा १७ वटा होलसेल पसल छन् । रिटेल बजार पनि निर्माण गरिएको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजार निगरानीका लागि सीसी क्यामेरासमेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड ‘फायर फारिङ’को व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँ राखिएको छ ।

तरकारी ढुवानीमा संलग्न गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष निर्माण गरिएको छ । तरकारी बजार व्यवस्थापक र तरकारी बजार सञ्चालक समितिका पदाधिकारीको कार्यकक्षका लागि छुट्टै प्रशासनिक भवन पनि निर्माण गरिएको छ । बजारभित्रै क्यान्टिनको व्यवस्था पनि छ ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई भूमि कन्स्ट्रक्सनले बजारको पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

विराटनगरको गुद्री स्थानान्तरण हुने 

कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ ।

विराटनगरको एकमात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । यहाँबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ ।

सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या छ ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले भने ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’

पराजुलीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्वरोजगार ब्यापार श्रमिक संघको पाँचौ जिल्ला अबिधेशन - 2017-04-08
हेटौंडा एफएम, २६ चैत/नेपाल टे«डयुनियन महाँसंघ जिफन्ट संग आबद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको पाँचौ जिल्ला अबिधेशन आज भएको छ ।

असोक बाटिकाको आठौ बार्षिक साधारण सभा तथा चौथो अबिधेशन - 2017-04-08
हेटौंडा एफएम, २६ चैत÷हेटौडा १७ हटियामा रहेको असोक बाटिका सामाजिक सहयोग समितिको आठौ बार्षिक साधारण सभा तथा चौथो अबिधेशन सम्पन्न भएको छ ।

मकवानपुरको ३ स्थानमा प्रसुती प्रतीक्षालय स्थापना गरिने - 2017-04-08
हेटौंडा एफएम, २६ चैत÷युनिसेफको सहयोग जिल्ला स्वास्थ कार्यालय मकवानपुरको समन्वय र नेपाल जनस्वास्थ्य संस्था मार्फत मकवानपुरको ३ स्थानमा प्रसुती प्रतीक्षालय स्थापना गरिने भएको छ । जिल्लाको साबिक राक्सिराङ्ग, राईगाउ र फापरबारिको इलाका स्वास्थ्य कार्यालयमा प्रसुती प्रतीक्षालय घरको स्थापना गर्न लागिएको जिल्ला स्वास्थ कार्यालय मकवानपुरकि मिलन घिमिरे भट्टराईले बताईन ।

छत्कुली समाज संस्थाको तेस्रो राष्ट्रिय बार्षिक साधारण सभा - 2017-04-08
हेटौंडा एफएम, २६ चैत/छत्कुली समाज संस्थाको तेस्रो राष्ट्रिय बार्षिक साधारण सभा तथा छत्कुली दर्पण तथा बंसावली पुस्तक बिमोचन कार्यक्रम आज हेटौडामा भएको छ । साधारण सभाको उध्घाटन् गर्दै छत्कुली समाजका बयोबृद्ध यदुकुमार छत्कुलीले यस परिवारका सदस्यहरुले समाजमा उत्कृष्ट योगदान पु¥याउनका लागि आग्रह गर्नुभएको छ ।

किरणचोक टोलबिकाशको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम - 2017-04-08
हेटौंडा एफएम, २६ चैत/टोल बिकाश संस्थाले पनि समाजमा रहेर धेरै उदाहरणीय काम गरेकोमा आज हेटौडा ७ कमानेमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । किरणचोक टोलबिकाश संस्था हेटौडा ७ को आयोजनामा नयाँ बर्ष २०७४ को अबसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका सहभागिहरुले टोल बिकाश संस्थाले समाजमा असल कामको सुरुवात गरेको बताएका हुन् ।

पर्वतको साहित्यकार हेटौंडामा सम्मानित, बिबेकको मुक्तक प्रथम - 2017-04-08
हेटौंडा एफएम, २६ चैत/झरणा साहित्यिक परिवार मकवानपुरको २ सय १३ औँ साहित्य शृङ्खला, श्रष्टा सम्मान एवम् मुक्तक साँझ आज सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको सभा हलमा भएको कार्यक्रममा शिव पार्वती मुक्तक सम्मानबाट पर्वतका बरिष्ठ साहित्यकार शान्ति नारायण श्रेष्ठलाई नगद ५ हजार ५ सय पचपन्न सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

माओवादी केन्द्रको भिमफेदी गाउँपालिका ९ मा प्रशिक्षण - 2017-04-07
हेटौंडा एफएम, चैत/नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ९ नामटारस्थित बासुकीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दिपक गोलेको संयोजकत्वमा एकसय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउन आवश्यक रणनिती बनाउँदै अभियान सञ्चालन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)ले बताउनुभयो ।

एमाले हेटौडा ३ र ६ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन - 2017-04-07
हेटौंडा एफएम, चैत/स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले हेटौडा ६ चौघडामा निर्वाचन प्रचारप्रसार कार्यालयको आज उदघाटन गरीएको छ । प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य एवम मकवानपुर ईन्चार्ज विरोध खतिवडाले अवको स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक स्थानमा जित्ने दावी गर्नुभएको छ । मुलुकको समग्र विकास एमालेले मात्रै गर्न सक्ने भएकाले एमालेलाई मत दिन खतिवडाले सबैसँग आग्रह गरे ।

हेटौँडा उपमहानगरमा भित्र रहेको अधिकांश सार्वजनिक शौचालय फोहोर - 2017-04-07
हेटौंडा एफएम, चैत/नेपाल सरकारले पटक पटक मुलुकको सुन्दर तथा सफा नगरपालिकाको पुरस्कार पाईसकेको हेटौँडा उपमहानगरमा रहेको अधिकांश सार्वजनिक शौचालय फोहोर तथा लागु औषधको अखडाको रुपमा परिणत भएको छ । हेटौँडाको मुटुमा रहेको हुप्र चौरमा रहेको सार्व्निक शौचालयले हेटौँडाको सुन्दरतालाई गिज्याएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top